Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुशासनले आफ्नो अभियान थाल्दै, सहसचिवमा पि.एम.मगर चयन

Published on 1:34:00 AM //

पि.एम.मगर
गुल्मी, साउन २९ गते । ट्रान्सफरेन्सी इन्टरनेशनलमा आवद्ध गुल्मी जिल्लाको सुशासन अभियानले गुल्मी जिल्लामा भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त रुपले अगाडी वढाउने भएको छ । अभियानको मंगलवार सदरमुकाम तम्घासमा भएको पदाधिकारीको छलफलले जिल्लामा भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त वनाएर लैजाने निर्णय गरेको छ ।
त्यस्तै अभियानले ७ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । सल्लाहकार समितिमा संस्थागत रुपवाट प्रतिनिधित्व हुने गरी गुल्मी उद्योग वाणिज्य संघ, नेपाल वार एशोसियन, गैर सरकारी संस्था, नागरिक समाज, नेपाल पत्रकार महासंघ, नेपाल प्रध्यापक संघका प्रमुखलाई चयन गरेको छ भने वौद्धिक व्याक्तित्वको तर्फवाट एक जना दानवहादुर के.सी.लाई सल्लाहकार चयन गरेको छ ।
सल्लाहकारहरुलाई औपचारिक रुपमा पत्राचार गरी जानकारी दिने अभियानले जनाएको छ । त्यस्तै अभियानको जिल्ला सहसचिव पदमा सदस्य पि.एम.सर्तुङ्गी मगरलाई पदभार प्रदान गरेको छ । अभियानका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा छलफल सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग