Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेल खवरको प्रभाव: तम्घास-अर्घाखाँची सडको समस्या लिएर वाणिज्यसंघ जिविस पुग्यो

Published on 1:27:00 AM //

प्रेम सुनार
साउन २९, गुल्मी । केहिदिन अघि प्रसारित रेडियो पत्रिका ओझेलका खवरमा तम्घास–अर्घाखाँची सडकको विजोग अवस्था बारे समाचार सुनेपछि गुल्मी उद्योग वाणिज्य संघले यसप्रती चासो देखाएको छ ।
संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, पूर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव कृष्ण प्रसाद पोख्रेल, सचिव विरेन्द्र भुसाल लगायतको टोली स्थानीय विकास अधिकारी हरी प्रसाद ज्ञवाली समक्ष उक्त सडक मर्मत र स्तर वृद्धिका लागि ध्यानाकर्षण गराउन पुगेको छ । ‘हामीले अघिल्लो हप्ताको  ओझेलका खवरमा त्यस सडकको अवस्थाको वारे प्रशारित रिर्पोट सुन्यौँ", अध्यक्ष पाण्डेले भने ‘जायज कुरा उठाईएको रहेछ, हामीले गएर हेर्दा साँच्चीकै हरिविजोग नै देख्यौँ ।’
अध्यक्ष पाण्डेले तत्काल उक्त सडक मर्मतका लागि स्थानी विकास अधिकारी समक्ष माग गरेको समेत बताए । "यातायात गुड्न त परै जाओस पैदल यात्र गर्न समेत कठिन छ सदरमुकाम भित्रकै मुख्य सडकमा", अध्यक्ष पाण्डेले भने "कमसेकम विग्रेको स्थानमा मर्मत त जि.वि.सले गरोस् ।" महासचिव पोख्रेल र सचिव भुसालले बर्षेनी जिविसले कर उठाउन सक्ने तर त्यस सडकको मर्मतमा भने चासो नदेखाउने गरेको भन्दै स्थानिय विकास अधिकारीसं भने –‘कर उठाए पछि कमसेकम विग्रेको ठाउँमा मर्मत त गरिदिनु प¥यो नि ।’
स्थानिय विकास अधिकारीको दावि थियो हामीले नगरेर कसले गरेको छ त ? यस वर्ष त्यस सडकमा १५ लाख रुपैँया पार्न पनि मैले नै पहल गरेको हुँ उनको यस्तो दावि थियो । उनले वाणिज्य संघले उठाएको माग भोली नै राजनैतिक संयन्त्रको बैठक राखेर सम्वोधोन गरिने आश्वासन दिएका छन् । तम्घासको देउराली भुजेलखर्क र तल प’तलर िवजार देखि अर्घखाँची जाने सडक २०४० साल देखि नै खनिएको भए पनि अहिले सम्म स्तर बृद्धि नहुँदा अर्घखाँची र गुल्मीको तम्घास ९, नयाँगाउँ, पिपलधारा र हाडहाडेका हजारौँ जनताले सास्ती खेप्दै आएका छन् । यसैविच गुल्मी उद्योग वाणिज्य संघको टोली जिल्लामा विद्युत नियमित हुन नसकेको विषयलाई लिएर पनि मंगलवार जिल्ला प्रशासनको ध्यानकृष्ट गराउन पुगेको छ ।
अध्यक्ष पाण्डे सहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई भेटि विद्युत नियमित गराउने सहमति लागु नभएको र विगत केहि दिन देखि दैनिक जसो विद्युत जादाँ जिल्लवासी समस्यामा परेको बताएका थिए । जिल्लावासीले विद्युत नियमित गर्नका लागि पटक पटक आन्दोलन गरेको र प्राधिकरणका प्रमुख नवलकिशोर गोईतलाई हटाएर अर्का प्रमुख आएपछि पनि समस्या जस्ताको त्यस्तै भएकोले प्रमुख जिल्ला अधिकारी यस तर्फ गम्भीर हुन पर्ने संघको माग थियो । संघका सचिव विरेन्द्र भुसालले भने पुर्व प्रमुख गोईत हटेपछि समस्या समधान हुन्छ कि भनेको उस्तै पो भयो । जिल्लामा गत तिन दिन देखि दिनभर जसो विधुत सेवा अवरुद्ध हुँदा यहाँका जनता मर्कामा परेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग