Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फेवाको मुनाफा १३ करोड वढी

Published on 4:54:00 PM //

पि.एम.मगर
गुल्मी, साउन १७ । फेवा फाईनान्स लिमिटेडको मुनाफा १३ करोड ५ लाख पुगेको छ । फाईनान्सले वुधवार आफ्नो आर्थिक प्रगति समिक्षा सार्वजनिक गर्दै आर्थिक वर्ष २०६९÷७० मा सञ्चालन मुनाफा १३ करोड ५ लाख आर्जन गर्न सफल भएको जनाएको छ ।
त्यस अवधिसम्म निक्षेपतर्फ ३ अर्व २५ करोड र कर्जातर्फ २ अर्व ८२ करोड रुपैयाँ प्रवाह गरेको र निकृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिनुभयो । गत वर्षको तुलनामा निक्षेपमा ३३ प्रतिशत, कर्जामा ३१ प्रतिशत र खुद मुनाफामा ४९ प्रतिशतले वृद्धि भएको उहाँले वताउनुभयो । वैशाख १७ गतेदेखि वित्तीय कारोवार संचालन गरेको यस संस्थाले छोटो अवधिमा नै उत्साहजनक प्रगति हाँसिल गर्न सफल भएको छ ।
संस्थाले ग्राहकको चाहना अनुरुप निशुल्क एटिएम, एसएमएस वैकिङ्क सेवा, एविविएस सेवा, लकर सेवा, सुनचाँदी धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवाहरु प्रधान कार्यालय तथा सवै शाखाहरुवाट हरेक दिन ३ सय ६५ दिन वैंकिङ्ग सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आईरहेको छ भने समय सापेक्ष नयाँ प्रविधलिाई सधै आत्मसाथ गर्दै लगिने संस्थाले जनाएको छ । संस्थाले पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालयसँगै गुल्मी लगायत विभिन्न १३ वटा शाखावाट आधुनिक वैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको दावी गर्दै भविष्यमा आफ्नो सेवालाई थप विविधीकरण र विशिष्टिकरण गर्दै लैजाने कम्पनीले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग