Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेमा महिला युथ फोर्स

Published on 5:10:00 PM //

संविधानसभा निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले महिला युथ फोर्स बनाउने तयारी पुरा गरेको छ । युवा संघ नेपाल मातहत रहने गरी फोर्सको स्थायी संरचना निर्माण भएको छ । हरेक मतदान केन्द्रमा महिला युथ फोर्स परिचालन गरिने एमाले नेताहरुले बताएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

युवा संघका महासचिव राजीव पहारीले अवधारणापत्रलाई अन्तिम रुप दिएका छन् । यसअघि गठित युथ फोर्सको कामकारबाही विवादमा परेपछि त्यसलाई निष्क्रिय बनाइएको थियो । पार्टी नेता र संघका नेता सम्मिलित कार्यदलले यस विषयमा अध्ययन गरी फरक संरचनासहितको युथ फोर्स बनाउन प्रतिवेदन दिएको थियो ।

केन्द्रमा संघ मातहत रहने गरी अलग्गै विभाग बनाएर युथ फोर्स बनाइएको छ । हाल त्यसका विभागीय प्रमुख चन्द्र तामाङ  छन् । त्यसैगरी जिल्लैपिच्छे यसका अलग इन्चार्ज हुनेछन् भने युथ फोर्सं पनि युवा संघको कमिटी मातहत हुनेछ ।

युवा संघले महिला युथ फोर्स बनाउने निर्णय गरेको संघका सचिव रमेश पौडेलले  बताए । उनका अनुसार महिला युथ फोर्सको सञ्जाल पनि देशव्यापी बनाइनेछ । यसले आफ्ना गतिविधि अलग्गै सञ्चालन गर्ने भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग