Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन हप्ता पछि बाटो सुचारु

Published on 4:26:00 AM //

अनिल खत्री
गुल्मी, साउन २० । श्रावण ४ गते राती गुल्मी हस्तिचौर गाविसको म्यूटारीमा गएको पहिरोका कारण अवरुद्ध वनेको पश्चिम क्षेत्रको यातायात सेवा आइतबार बाट सुचारु भएको छ । हस्तिचौर गाविस वार्ड नं. ३ स्थित म्यूटारीमा सडकमाथिवाट करिव १ सय मिटर तलसम्म पहिरो खसेको थियो उक्त स्थानमा रहेको पहिरो शनिवार र आइतवार लगाइएको डोजरले पहिरो हटाए पछि बाटो सुचारु भएको स्थानियले बताएका छन ।
हस्तिचौरको म्यूटारीमा मात्रै होईन सोही गाविसको वेलारुख भन्ने स्थानमा पनि साउन ७ गते गएको पहिरो गएका कारण अबरुद्ध बनेको सडक सुचारु भएको छ ।
लामो समय सम्म सडक खुलाउनतर्फ संवन्धित निकायको ध्यान जान नसक्दा इश्मा, दोहोली, वाँझकटेरी, छापहिले, अर्खवाङ्ग, पुर्कोटदह, म्यालपोखरी लगायतका जिल्लाका पश्चिम क्षेत्रका जनताले निक्कै समस्या झेल्नुपरेको थियो भने दोव्वर भाडा तिर्न उनीहरु वाध्य परेका थिए  । बाटोमा गएको पहिरोले अबरुद्ध बनेको मोटरबाटोका कारण क्षेत्र नं. ३ का जनताले दुइ वटा गाडी चढेर सदरमुकाम तम्घास सम्म आउने गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग