Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

९ बर्ष देखी फरार अभियुक्तलाई समात्यो गुल्मी प्रहरिले

Published on 4:24:00 AM //

नरेश भण्डारी
गुल्मी, साउन २० । बहुविवाहको अभियोगमा ९ वर्ष अघि कैद फैसला भई फरार अभियुक्त ०७० साउन २० गते पक्राउ पछि कारागार चलान भए ।
लामो समय पछि जेठि पत्नीको घरमा आई खुकुरी देखाई मार्ने धम्की दिएका अर्जै गाविस–४ का ३६ वर्षीय रविलाल अर्याललाई ०७० साउन २० गते तमघास– १ नयाँबजारबाट पहरीले पक्राउ गरेकोमा पुराना मिसिल हेर्ने क्रममा बहुविवाहको अभियोयुक्त समेत रहेको पाईएकोले कारागार चलान गरिएको असई सत्यनारायण यादवले जानकारी दिनुभयो ।
अभियुक्तले जोहाङ्ग गाविसको उल्लीखोलाकी तुल्शी ढकाललाई कान्छि पत्नी बनाएको अभियोगमा जिल्ला अदालत गुल्मीले ०६१ मघ ६ गते एक हजार जरिजवाना सहित ३० दिनको कैद फैसला सुनाएको थियो । लामो समय सम्म सम्पर्कमा नरहेको पतिले ०७० साउन २० गते घरमा आई खुकुरी देखाएर मार्ने धम्कि दिएको पछि उजुरी गरेको पीडित मञ्जु अर्यालले बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग