Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साउने औँशीको मेला भर्न रेसुङ्गामा श्रृद्धालु भक्तजनहरुको घुँईचो

Published on 10:06:00 AM //

पि.एम.मगर
गुल्मी, साउन २२ । मंगलवार श्रावण कृष्ण पक्ष औशी तीथि, गुल्मीको रेसुङ्गामा विहानैदेखि श्रृद्धालु भक्तजनहरुको घुईचो लागिरहेको छ । आज विहानैदेखि श्रद्धालु भक्तजनहरुको घुँईचो लागिरहेको छ । पश्चिम क्षेत्रकै ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय धरोहर गुल्मीको रेसुङ्गाको पोखरीमा चारधाम सवै क्षेत्रवाट जल ल्याई मिसाईएकाले त्यस पानीले स्नान गरी पुजा आराधना गरेमा मोक्ष प्राप्ति हुन्छ भने धार्मिक विश्वास रहेको छ ।
तस्बिर: शिवलाल सुबेदी 
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साउने सक्रान्तिदेखि एक महिने साउने मेला पनि चलिरहेको छ । तर पनि साउने औँशी पर्व अर्थात आजको दिनलाई अझ विशेष रुपले हेर्ने गरिन्छ । रेसुङ्गामा रहेको पोखरीमा रेसुङ्गामा दर्शन तथा पुजा आरोधनाका लागि गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, वाग्लुङ्ग, प्यूठान, पाल्पा, स्याङ्गजा, रुपन्देही लगायत देश विदेशवाट समेत भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
रेसुङ्गा क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष लाग्ने मेला यस वर्षपनि साउन १ गतेदेखि विभिन्न धार्मिक, आध्यात्मिक, भजनकृतन, पुजा आरोधना, मध्यान्हकालीन र सन्ध्याकालीन आरती लगायतका कार्यक्रमहरु चलिरहेका छन् ।
रेसुङ्गा संरक्षण समितिका सचिव कुञ्जरमणी गौतमले सर्वसाधारण धर्मालम्वीहरुका लागि सामुहिक रुद्री तथा ग्रह जपको व्यवस्था मिलाईनुका साथै टाढा टाढावाट आउने श्रृद्धालु भक्तजनहरुका लागि आवास र सामान्य खानाको व्यवस्था गरेको वताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४० जना भन्दा वढीले सामुहिक पुजाका लागि नाम दर्ता गराईसकेको र गएको १८ गते १८ जनाको सामुहिक रुद्री पुजा सम्पन्न भईसकेको छ ।
वाँकी धर्मालम्वीका लागि भने २८ र ३१ गते सामुहिक रुद्री पुजाको व्यवस्था मन्दिरले मिलाएको छ । त्यस्तै साउन २६ गतेका दिन भक्ति संकृतन प्रतियोगिताको पनि आयोजना गरिएको र सहभागीताका लागि विभिन्न संघ संस्था, आमा समुह, क्लव, शिक्षण संस्था लगायतलाई समितिले अनुरोध समेत गरेको छ । धार्मिक रुपवाट मात्र नभई रेसुङ्गामा पुगेपछि त्यहाँ रहेको भ्यू टावरवाट सुन्दर हिम–श्रृंखलाहरु र टाढा टाढाका दृष्यहरु समेत देख्न सकिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग