Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्गमको फोक्सिङमा झाडा-वान्ताबाट २६ बिरामी, २ गम्भिर

Published on 11:14:00 PM //

घनश्याम गौतम
गुल्मी, १४ भदौ । गुल्मी जिल्लाको दुर्गम फोक्सिङ गाविसमा तिन दिन देखि फैलिएको झाडाबान्ताको प्रकोप नियन्त्रणमा आउन नसक्दा एकै गाउँका २६ जना बिरामी परेका छन् । बिरामी मध्ये २ जनाको अवस्था गम्भिर छ ।
मगर समुदायको बाहुल्यता रहेको फोक्सिङ, ९ चैया गाउ“मा बुधवार देखि देखिएको झाडाबान्ता नियन्त्रणमा आउन नसकेपछि जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी सहितको टोली शुक्रवार त्यस क्षेत्रमा खटाएको छ । शुरुमा ३ घरका १२ जनामा देखिएको झाडाबान्ता नियन्त्रण बाहिर गएर शुक्रवारसम्ममा २६ जनामा पुगेको हो । झाडाबान्ताबाट स्थानीय डाँडाबारी, केराबारी र इश्मेली टोल बढी प्रभावित छ । प्रकोप बढ्दै गएपछि स्थानीय उपस्वास्थ्य चौकीले गम्भिर बिरामीलाई थप उपचारका लागि छिमेकी गाविसको पूर्तिघाटमा पठाएको छ भने झण्डै १६ जनालाई स्थानीय चैंया चालिसे प्राविमा राखेर उपचार शुरु गरिएको छ । विहिवार स्थानीय समुदाय मिलेर पाडो काटेर खाएपछि गाउँका अधिकांशमा झाडाबान्ता देखिएको जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर हरीबहादुर के.सी.ले बताउनु भयो ।
सदरमुकाम तम्घासबाट झण्डै १६ कोष पुर्वको दुरीमा रहेको दुर्गम क्षेत्रमा टेलिफोन नेटवर्क राम्रो नभएको र बर्षातका कारण सवारी साधनहरु समेत चल्न सक्ने अवस्था नभएकोले समयमै स्वास्थ्यकर्मी र औषधी पठाउन नसकिएको र शुक्रवार मात्र औषधी सहितको स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा पठाईएको डाक्टर के.सी.ले जानकारी दिनुभयो ।
५३ घर धुरी रहेको चैया गाउ“मा पैmलिएको झाडाबान्ता नियन्त्रणका लागि शान्तिपुरबाट सिनियर अहेव ढकनारायण थापाको टोली शुक्रवार साँझ मात्र प्रकोप स्थलमा पुगेको छ । झाडाबान्ताबाट गम्भिर बनेकाहरुलाई टोलीले चैंया चालिसे प्राविको भवनमा राखेर सबै जनाको सामुहिक उपचार शुरु गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग