Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस गुल्मी ठूलो शोकमा

Published on 4:43:00 PM //

विशाल भट्टराई
गुल्मी, भदौ १४ नेपाली कांग्रेस गुल्मीले नेपाली कांग्रेस गुल्मीको राजनीतिमा सदा शशक्त भूमिका निर्वाह गर्ने वर्तमान पार्टी कोषाध्यक्ष हरी प्रसाद न्यौपानेको निधले आफ्नो पार्टीलाई अपूरणिय क्षती भएको जनाएको छ । आज नेपाली कांग्रेस गुल्मीले शोक बक्तब्य जारी गर्दै उहाँले नेपाली कांग्रेसमा निर्वाह गर्नुभएको भूमिका ईतिहासमा सदा स्वर्णीम अक्षर लेखिने जनाएको छ ।

साथै नेपाली कांग्रेस गुल्मीले शोक सन्तप्त परिवार जन प्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्मका चिर शान्तिको समेत कामना गरेको छ । साथै न्यौपाने संग निधन हुनुभएका गुल्मी थानापतीका ईशव नोली प्रतिपनि श्रद्धाञ्जली सहित समवेदना प्रकट गरिएको छ ।

नेपाली कांग्रेस गुल्मीका सचिव विष्णु बलालद्धारा जारी शोक विज्ञप्तमा शोकको घडिमा नेपाली कांग्रेस गुल्मीले जिल्ला र मातहतका सम्पूर्ण औचारीक कार्यक्रमहरु ५ दिन सम्म बन्द गर्ने निर्ण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । न्यौपानेको अस्ति वुटवलबाट नेपाल विद्यार्थी संघको ११ औँ जिल्ला अधिवेशनमा सहभागि वन्नको लागि गुल्मी आउने क्रममा पाल्पामा निधन भएको थियो ।

यसैविच आज तम्घासमा उपलब्ध नेपाली कांग्रेस गुल्मीका कार्यसमिति पदाधिकारीहरुको आकश्मिक वैठकले १३ दिन सम्म कांग्रेसको आधा झण्डा झुकाउने निर्णय गरेको छ । पार्टी सभापति चन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको वैठकले १३ दिन सम्मनै शोकसभाहरुको आयोजना गर्ने निर्णय गरेको छ । कांग्रेसले १३ दिन सम्मनै महत्वपूर्ण बाहेकका केहि पनि कार्यक्रम नगर्ने जनाएको छ । तर दोस्रो संविधानसभालाई दृष्टिगत गर्दै पार्टीका आन्तरीक वैठक तथा छलफलहरु भने ५ दिन पछि संचालन गरिने वैठकले निर्णय गरेको  छ ।

आजै वसेको वैठकले निर्वाचनलाई दृष्टिगत गर्दै भदौ १७ गते जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय भेला गराउन परिपत्र गरिएको छ । वैठकले क्षेत्र नम्बर १ को जोहाङ, २ को पार्टी कार्यालय तम्घास र ३ को वस्तु धनार्जीमा क्षेत्रीय भेला सम्पन्न गर्न निर्देशन दिएको छ ।

यस्तै कांग्रेसका जिल्ला सदस्यहरुले क्षेत्रीय समितिले सिफारीस गरेका प्रतिनिधिहरुको बारेमा राय ब्यक्त गर्ने गरि भदौ १९ गते पार्टी जिल्ला समितिको वैठकको आयोजना गरिएको छ । साथै दिउँसो स्वगिय हरी प्रसाद न्यौपाने प्रति शोक सभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेसका जिल्ला सचिव छन्द पहराईले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग