Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट यसवर्ष पुरक परिक्षामा २ हजार ६ सय १० परिक्षार्थी सहभागी हुने

Published on 7:15:00 PM //

अनिल खत्री
गुल्मी, साउन १९ । भोलि देखि शुरु हुने एस.एल.सी पुरक परिक्षामा गुल्मीबाट यस वर्ष २ हजार ६ सय १० परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यलय गुल्मीका उपसचिव भोज बहादुर केसीले जानकारी दिनुभयो ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेका महेन्द्र उच्च माबिमा २ र सिद्धबाबा उच्च माबिमा २ वटा केन्द्र गरि जम्मा  ४ वटा केन्द्रमा परिक्षा संञ्चालन हुँदैछ । यस वर्ष सबैभन्दा धेरै परिक्षार्थी गुल्मीमा अनिवार्य गणित बिषयमा रहेका छन । अनिवार्य गणित बिषयमा १ हजार ८ सय ९४ बिद्यार्थी सहभागी हुँदैछन भने सबै भन्दा कम अनिवार्य नेपालीमा ३ जना बिद्यर्थीले परिक्षा दिने जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । सबैभन्दा धेरै परिक्षार्थी गणित बिषयमा भएकोले उक्तदिन थप २ वटा केन्द्र थप गरिएको समेत उँहाले जानकारी दिनुभयो । गणित बिषयका दिन रेसुङ्गा बहुमुखी क्याम्पस र रिर्डस पब्लीक हाईस्कुलमा समेत परिक्षा संञ्चालन हुने उपसचिव केसीले जानकारी दिनुभयो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग