Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा खुल्यो डिलक्स "फोर स्टार रेस्टुरेन्ट" (फोटो फिचर र अडियो कुराकानी)

Published on 7:37:00 PM //

प्रेम सुनार
साउन १९, गुल्मी । नेपाली युवाहरुमा पैसा कमाउन युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जानुपर्छ भन्ने सोच हावी भई रहेका बेला गुल्मी र अर्घखाँचीका केही युवाहरु भने मिलेर आफ्नै गाउँ-ठाउँमै केहि गरेर देखाउनु पर्छ भन्ने उद्देश्य बोकेर अहिले तम्घासमा एक सुविधा सम्पन्न डिलक्स क्याविन रेष्टुरेण्ट सञ्चालन गरेका छन् ।
अर्खखाँची ठुलापोखराका कृष्ण खनाल, अर्घाखाँची अर्घातोषका कृष्ण पौड्याल, तम्घास पुतलीबजारका गणेश पाण्डे र अर्खलेका सुभाष मरासीनीले तम्घासको पुतलीवजार मुख्य चोकमा "फोर स्टार रेस्टुरेण्ट एण्ड बार" नामक रेष्टुरेण्ट आज एक समारोहका विच उद्घाटन गरी सञ्चालनमा ल्याएका हुन् । भित्र पस्न वित्तिकै उच्च सुविधा सम्पन्न रेष्टुरेण्टको झल्को दिने फोर स्टार रेष्टुरेण्ट विदेशी तथा जिल्ला बाहिरबाट आउने स्वदेशी पर्यटकहरुलाई समेत लक्षित गरेर सञ्चालनमा ल्याईए पनि स्थानियबासीलाई समेत बेग्लै अनुभुती दिने सोच रहेको संचालकहरुले गुल्मीन्युज डट कमलाई बताए । तम्घासका अन्य रेष्टुरेण्ट भन्दा फरक डिलक्स क्याबिनमा हुक्का (सिसा) तान्ने ब्यबस्था समेत उपलब्ध गराईएको यस् रेस्टुरेन्टमा उच्च व्राण्डका पेय पदार्थ देखि सबै परिकारहरु उपलब्ध हुनेछन । त्यस करिव १६ लाख लागतमा सञ्चालन गरिएको फोर स्टार रेष्टुरेण्ट पश्चिम पहाडी जिल्लाको नमुना रेष्टुरेण्ट बनाउने संचालकहरुले लक्ष्य लिएका छन् ।
अन्य ब्यवसायमा समेत बेग्लै र अनुसरणीय पहिचान बनाउँदै आएका उनै चार जना युवाहरु मध्य एक कृष्ण खनालसंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले छोटो रेडियो कुराकानी गर्नुभएको थियो । सुनौँ:



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग