Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारमा दोर्ण बस्नेतको उम्मेदवारी

Published on 3:08:00 AM //

कुमार अविरल पन्थी
दोहा, साउन २८ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको पाँचौ महाधिवेसनमा श्री द्रोण ब. बस्नेतले उम्मेदवारी दिनुभएको छ । बस्नेतले बिगतमा गैरआवासीय नेपाली संघको विधानको दायरामा रही बिगतमा यस साझा संस्थामा काम गरेको अनुभवलाई गहन रुपमा कतारमा रहेका प्रवासी नेपालीहरुलाई गैर आवासीय नेपाली संघमा आवद्ध गराउन सहयोग पुर्याएका थिए ।

त्यसैगरी यस संस्थाको आर्थिक तथा नियमित गतिविधिलाई श्रमिकहरुको हितमा लगाउने बहुजन हितायको अवधारणा अनुरुपको कार्यक्रम अवलम्बन गर्दै कतारमा रहनुभएका श्रमिक पेशाकर्मी, व्यवसायी, बुद्धिजिवी,समाजसेवी तथा नेपाली नियोग विच कतारको स्थानीय कानुनको परिधिमा रही गैर आवासीय नेपाली संघको अभियानलाई स्थापित गराउन समेत उनले सहयोग गरेका थिए । बस्नेतले गैरआवासीय नेपाली संघको आसन्न पाँचौ महाधिवेसनमा कोषाध्यक्ष पदमा आफ्नो अमुल्य मतलाई सदुपयोग गरि आफुलाई बिजय बनाउनुहुन कतारमा रहनुभएका सम्पूर्ण दाजुभाई दिदि बहिनीहरुमा अनुरोध गर्नुभएको छ ।
द्रोण ब. बस्नेतको संलग्नता:
1.गुल्मी सेवा समाज दोहा कतारको कानुनी सल्लाहकार हुदै अध्यक्षको जिम्मेवारी वहन २००६-२०११
२. नेपाल लोकतान्त्रिक मंच (तत्कालिन प्रवासी नेपाली सम्पर्क मंच) मा आवद्द २००९
३. गैरआवासीय नेपाली संघ कतारमा आवद्द २००७
४. गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको चौथो महाधिवेशनबाट पश्चिमान्चल बिकास क्षेत्रबाट २०११/२०१३ कार्यकालका लागि निर्वाचित तथा मौजुदा कार्यसमितिको सचिवालय सदस्य
५. खस क्षत्री सेवा समाज, कतारको कोषाध्यक्ष

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग