Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शनिबार नै भईसकेको जाँच दिन आईतवार स्कुल पुगेपछी

Published on 2:46:00 AM //

प्रेम सुनार
साउन २७, गुल्मी । पुरक परिक्षा बल्ल आज आईतवार सकियो तर शिक्षक आफ्ना विद्यार्थी सदरमुकाममै छाडेर हिंडेको शुक्रबार नै हो । गणेश माध्यामिक बिद्यालय पिपलधारा गुल्मीका शिक्षक शोभाखर घिमिरेले त्यस विध्यालयका ४७ जना पुरक परिक्षा दिने विध्यार्थीहरुको नेतृत्व गरेर महेन्द्र उच्च माध्यामिक विध्यालय तम्घास केन्द्रमा आएका थिए ।
जसले अर्थशास्त्रको विषयको परिक्षा शनिवार हुनेमा आईतबार हो भनि दिएपछि आफुहरु उक्त विषयको परिक्षा दिनबाट बञ्चीत भएको सो विध्यालयका २ जना विध्यार्थी लक्ष्मी खड्का र भावना जि.सीले बताए । ‘त्यतिका दिन सम्म तिनै सरले ट्युशन पढाएर तम्घास ल्याउनु भयो अनि परिक्षा नसकीँदै उहाँ शुक्रबार घर जान्छु, आईतवार हो ईकोनोमिक्सको परिक्षा भन्दै हिँडनुभयो’ लक्ष्मी र भावनाले भने– ‘त्यसो भए हामी पनि शनिवार साँझ आउने गरी घर जान्छौ भनेर हिँड्यौ अहिले बिहान परिक्षा केन्द्रमा जाँदा हिजै भयो त्यो विषयको परिक्षा भनेपछि रुनु न हाँस्नु भएर फर्किएका छौ ।’
शिक्षक  शोभाखरको फोन स्वीच अफ थियो । हामीले त्यस विध्यालयका अर्का शिक्षक केशव खनालको मोवाईलमा सम्पर्क राख्दा शिक्षक शोभाखर यहाँ परिक्षा चलिरहँदा पिपलधारा स्थित घरमै भएको पुष्टी भयो । खनालकै फोनमा सम्पर्कमा ल्याई शिक्षक शोभाखरलाई सोध्दा मैले शनिबार नै हो भनेको हुँ भनेर आफ्नो बचाउ गरे । उनले शनिबार नै हो भनेको भए ति विध्थाथीहले आफ्नो भविस्य किन विर्गाथ्थौ र ? भनेर प्रति प्रश्न गरे।  शिक्षक शोभाखरले चर्को चर्को स्वरमा मैले आईतवार भनेको होईन भन्दा लक्ष्मी र भावनाले लाज लाग्दैन तपाईलाई त्यातिका मान्छेका सामु आईतवार हो भनेर भनेको ? भन्दै आक्रोश पोखेका थिए फोनमा । एक त बार ढाँटेर हाम्रो भविस्य माथी खेलबाड गर्नु भयो अर्को कुरा शुक्रबार नै घर हिँडेर गैह्रजिम्मावार बन्नु भयो भन्दै तपाईलाई कार्वाही गर्दछौ भनेका थिए । जवाफमा उनले जाउ के गर्छौ गर भनेर धम्काएको विध्यार्थीहरुले बताए ।
शिक्षक शोभाखरलाई ति दुई विध्यार्थीले क्षतिपुर्ति दिनु पर्ने अन्यथा तपाईलाई सम्वन्धीत निकायले कार्वाही नगरे गाउँवासीले गर्ने चेतवानी दिएका छन् । यि दुई जना विद्यार्थी पुरक परिक्षा दिन नपएकोमा आज त्यस विध्यालयमा छलफल भएको बताईएको छ । यस सम्वन्धमा प्रधानाध्यापक लिलबहादुर थापाले शिक्षक शोभाखर कै बचाउ गरे । उनले भने –परिक्षा तालिका विध्यार्थीहरुले पनि त हेर्नु पर्दथ्यो ।
विध्यार्थीहरुले भने आफुहरुलाई तालिका नै नदिएको बताएका छन् । उनिहरुले अरु विषयको पुरक परिक्षा दिई सकेका थिए । अर्थशास्त्र विषयमा त्यस विध्यालयका ३ जना विध्यार्थीहरु रहेकोमा तम्घासमै रहेकी अर्की विध्यार्थीले भने दिएकी छन् । यसरी २ जना बिध्यार्थीको भविस्य माथी खेलबाड गर्ने गरी त्यस विध्यालयबाट प्रतिनीत्व गरेर आएका शिक्षक शुक्रबार नै घर नगई दिएको भए यो अवस्था नआउने अभिवाकहरुको गुनासो छ । उनलाई कार्वाही गर्नुपर्ने उनिहरुको माग छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग