Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले गुल्मीमा २८ घरधुरी विस्थापित, कोही पालमुनी कोही बिद्यालयको शरणमा

Published on 3:25:00 AM //

प्रेम सुनार
गुल्मी, साउन ३१ । गत असार र साउन दुई महिनाको अन्तरालमा दुई आगोलागी सहित वाढिपहिरोवाट २८ घरधुरी विस्थापित भएका छन् । अर्को घरवास वनाउन नसक्दा विस्थापित मध्ये अधिकांश विद्यालय र नेपाल रेडक्रस सोसाईटिले दिएको त्रिपाल मुनी वस्न वाध्य भएका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीले दिएको जानकारी अनुसार विस्थापित मध्ये अधिकांश दलित छन् ।
रेडक्रसका शाखा अधिकृत कृष्णप्रसाद खनालले दिएको विवरण अनुसार असार महिनामा ६ घर विस्थापित र वाँकी साउन महिनाभर विस्थापित भएका हुन् । असार १२ गते छापहिले ३ का थानेश्वर अर्याल, २७ गते दोहोली ८ का चन्द्रवहादुर अधिकारी, सोही दिन विरवास ७ का दुर्गावहादुर पुन, असार २८ मा ग्वादी ७ का ओमवहादुर विक, असार ४ गते ह्वाङ्गदी ७ का केयर सिंह वुढा मगर, असार ३१ पराल्मी ५ की देउमति विश्वकर्मा र जानका विश्वकर्माको घर पहिरोले भत्किँदा उनीहरु स्थानीय विद्यालय भवनमा शरण लिएका छन् ।
त्यस्तै साउन १५ गते दोहोली ८ का तानवहादुर थापा, साउन २८ गते रुरु ४ का रामवहादुर विक, २५ गते सिमिचौर १ का इन्द्रवहादुर कुँवर, २६ गते सिमिचौरका चुरामणि विक, साउन ७ गते जैसीथोक ३ का झुपेन्द्र विक, १३ गते हस्तिचौर २ का जालवहादुर घर्ति, ६ गते अर्खले ७ की पार्वती वस्याल, ६ गते अर्खले ३ का प्रेम परियार, सोही दिन नै दरवार देविस्थानका गंगावहादुर सार्की, १० गते विरवास ७ का कुलवहादुर ढेंगा, ७ गते सिमिचौर २ का देववहादुर परियार, सोही दिननै हस्तिचौर ८ की गौमति विक, अम्मरपुर ८ की सुनिता सार्की, सिमिचौर ७ का रामवहादुर विक, साउन ४ गते शान्तिपुर ७ का महेन्द्र कुमार रेग्मी र कुलवहादुर कुमालका दुई घर आगोलागीवाट विस्थापित भएका हुन् । वाढि पहिरोवाट साउन ३ गते वम्घा १ का टेकवहादुर माझी, २७ गते रुरु ४ का मोहन विक, सोही दिन दोहोली ८ का चन्द्रवहादुर अधिकारी, वलेटक्सार १ की सुनिता विक, साउन २८ गते रुरु ४ का रामवहादुर विक र साउन ३० गते अम्मरअर्वाथोक ३ की सिता माझी घर भत्केर विस्थापित भएका हुन्  । उनीहरुलाई कपडा भाँडाकुँडा सहित त्रिपाल वितरण गरी तत्कालका लागी वस्ने व्यवस्था मिलाईएको जिल्ला रेडक्रस शाखा अधिकृत खनालले वताए ।
जिल्ला प्रशासनमा वाढि पहिरोको कारण क्षति हुने धुरी संख्या यो भन्दा वढि छ । दैवी प्रकोप उद्धार समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी कमलराज ढाकालका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्रै  ४२ घर र गोठ क्षति पुगेका छन् । दैवी प्रकोप उद्धार समितिले यो अवधिमा एकलाख २५ हजार राहत वितरण गरेको जनाएको छ । प्रजिअ ढकालले अवस्था हेरेर राहत रकम वितरण गरिने वताए । उनले ५० हजार वरावरको क्षति हुनेलाई जम्मा ५ सय रुपैँया राहत दिने व्यवस्था रहेकोले कतिपय प्रकोप पिडित आउन जानको खर्चभन्दा कम भएका कारण दिनपनि अप्ठ्यारो लाग्ने वताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यस अवधिमा जिल्लामा असार मसान्तसम्म ७० लाख वढिको क्षति भएको छ , जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालका अनुसार विभिन्न प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयवाट तयार पारिएको विवरणअनुसार ७० लाख ४ हजार एक सयको क्षति भएको छ ।
गत साउनको विवरण संकलन गर्न वाँकी रहेको उनले वताए । कतिपयले घटनाको वारेमा प्रहरीलाई जानकारी नगराउने भएकाले क्षतिको पुरै विवरण आउन नसकेको र क्षति यो भन्दा धेरै हुनसक्ने उनले वताए । जिल्ला शिक्षा कार्यालयका अनुसार गत दुई महिनामा करिव ७ ओटा विद्यालय भवनमा पहिरोले क्षति पु¥याएको छ । अधिकांश गरिवीका कारण वास वनाउन नसकेको वताए । रुरु ४ का रामवहादुर विक अन्य विस्थापित सहित एउटै झुपडीमा ३ परिवार वस्दै आएको वताए । जिल्लामा राहत लिन आएका उनले प्रशासन कार्यालयवाट २ हजार, जिल्ला विकास समितिवाट १ हजार र रेडक्रस सोसाईटिवाट भाँडाकुँडा कपडा र त्रिपाल लिएर फर्किएका छन् । आफ्नै कमाईले अझ एक वर्ष वास वनाउन सक्ने अवस्था छैन, सधै ज्याला मजदुरी गरेर परिवारको पेट पाल्नुपर्छ, उनले भने, एउटा वास वनाउनका लागी सवैसँग चन्दाको  अपिल गर्दछु । गत वर्ष आगोलागी सहित पहिरोवाट विस्थापितको संख्या १ सय ८ पुगेको थियो ।
गत वर्ष ठुलो लुम्पेकमा माथिवाट आएको पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको थिया । गत वर्ष नै सोही स्थानमा १३ घरधुरी पहिरोवाट विस्थापित भई सामुहिक वसेका थिए । पहिरोका कारण विस्थापित घरधुरीको संख्या यो भन्दा वढि छ । कयौँ राहतका लागी धाउन छाडेकोले जिल्लामा विवरण कम देखिने गरेको हो । अधिकांश स्थानमा मोटरवाटोमा प्रयोग गरिएको डोजरले गर्दा पहिरो खसेर घरमा क्षति पुगेको छ । कयौँको गोठ भत्केको छ । अधिंकाश विद्यालयका भवनहरु क्षतिग्रस्त भएका छन् । सदियाँैदेखि हिड्ने वाटो पाटि पौवा चौतारा वगेका छन् । यसरी निजी एवं सार्जजानिक स्थानमा पहिरो जाने क्रम वर्सेनी वढ्दै जाँदा पनि सरोकारवाला निकाय मौन देखिन्छ । असार साउनमा डोजर नचलाउन सरकारले निर्देशन दिएपनि यहाँ कार्यान्वयन भएको छैन् । खनिरहेका वाटालाई स्तरोन्ती गर्नुको साटो एक टोलदेखि अर्को टोल पु¥याउन हानथाप भएका कारण भुक्षयको प्रकोप वढ्दै गएको नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय उपाध्यक्ष शशी पन्थीको वुझाई छ ।
जिल्लामा चट्याङ्ग, आगोलागी र वाढि पहिरोवाट धेरै क्षति हुँदै आएपनि शाखामा प्रर्याप्त स्रोत नभएको उनको भनाई छ । चट्याङ्ग र आगोलागीमा व्यापक जन चेतनाको खाँचो उनि औलाउँ छन् । जिल्ला प्रशासनले क्षतिको विवरण र राहत रकम वितरणको विवरण भोली मात्र सार्वजानिक गर्ने बतायो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग