Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्खलेमा जिपले ठक्कर दिँदा एक युवा गम्भीर घाईते

Published on 11:56:00 AM //

प्रेम सुनार
साउन ३१, गुल्मी
केहि बेर अघि गुल्मीको अर्खले ७ मा मोटर साईकललाई जिपले ठक्कर दिदा एक एक युवा गम्भीर घाईते भएका छन् । ईस्मा दोहलीबाट तम्घास तर्फ आउँदै गरेका दोहली ५ किराखोरा निवासी २५  वर्षिय विष्णु सुनारको लु  १४  प ५६५३ नम्वरको मोटर साईकललाई तम्घासबाट जाँदै गरेका लु १ ज १७१७ नम्वरको जिपले अर्खलेको वुद्ध मा.वि. नजिकै १० वजेको समयमा  ठक्कर दिदा सुनार घम्भीर घाईते भएका  हुन् । सुनारको घुँडामा चोट र छातीमा घम्भीर असर परेका छ । उनलाई तम्घास अस्पतालमा उपचार गरिदै छ । उक्त जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले जानकारी दिए ।
छातीको एक्सरे पश्चात घाईते सुनारलाई पाल्पा रिफर गर्न पर्ने, नपर्ने बताईने अस्पतालले श्रोतले बताएको छ । उता हिजो साँझ विरवासमा मोटर साईकलको ठक्करबाट घाईते भएकी विरवास ८ की मिना सुर्यबंशीको अझै पुर्ण रुपमा होस खुलेको छैन । पाल्पाको मिशन अस्पतालमा  भर्ना गरिएकी मिनाका आफन्तलाई विहना ८ वजे सम्पर्क राख्दा कति बेला होस्. खुल्ने कति बेला नखुल्ने गरेको जानकारी पाएको श्रीवास्तवले बताए । मोटर साईकल चालक पक्राउ गरी नियन्त्रमा लिएको उनले जानकरी दिए । उनका अनुसार चालक तम्घास ४ का विष्णु श्रेष्ठ हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग