Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटर साईकलको ठक्करबाट एक युवती गम्भिर घाईते

Published on 6:12:00 AM //

प्रेम सुनार
साउन ३०, गुल्मी । गुल्मीको विरबासमा बुधवार साँझ करिव ७ वजेको समयमा मोटरसाईकलले ठक्कर दिँदा स्थानिय एक युवती गम्भीर घाईते भएकी छन् । विरवास ८ को पल्लो विरवास भन्ने स्थानमा बुटवलबाट तम्घास आउँदै गरेको लु १३ प ९४५५ नम्वरको मोटर साईकलले ठक्कर दिँदा सोही स्थान की २३ वषिया मिना सुर्यबंशी गम्भीर घाईते भएकी हुन् ।
अनियन्त्रीत गतिमा आईरहेको मोटर साईकलले बाटो काट्दै गरेकी सुर्यबंशीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । टाउकोमा चोट लागेकी मिनाको अवस्था चिन्ताजनक रहेकोले पाल्पा पठाईएको श्रृंगा प्रहरीले जनाएको छ । मोटर साईकल सहित चालक फरार रहेका छन् । दुर्घटनाको केहिबेर अघि मोटर साईकलको सकर उठाएको भन्दै प्रहरीले उक्त मोटर साईकल चालकलाई जरीवाना गरेकोले चालक तम्घासका एक युवा भएको हुन सक्ने प्रहरीको आसंका छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग