Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका थापा राष्ट्रिय नागरिक सेवा सम्मान २०७० बाट सम्मानित

Published on 1:29:00 AM //

तेजेन्द्र थापा
जागृति समाज नेपालले राजधानीमा एक कार्यक्रम गरि विभिन्न पेशा तथा ब्यबसाय गर्दै आउनु भएका र विभिन्न संघ-सस्थामा आबद्ध भई स्वदेश तथा बिदेशमा रही देश निर्माणमा महत्वपुर्ण योगदान पुर्याउनु हुने विभिन्न व्यक्तिलाई "राष्ट्रिय नागरिक सेवा सम्मान २०७०" बाट सम्मान गरेको छ ।
सो सम्मानबाट गुल्मीको हर्राचौर-२ झारखर्कमा जन्मनु भई हाल अमेरिकामा ब्यबसाय गर्दै आउनु भएका श्रीराम थापा सम्मानित हुनुभएको हो । हाल थापा अमेरिकामा रहनु भएकोले सो सम्मान उँहाकी धर्मपत्नी कुमारी थापाले ग्रहण गर्नुभयो थियो । सम्मानित थापाले बिदेशमा भएर  पनि विभिन्न संघ सँस्थामा रही देश निर्माणमा महत्वपुर्ण योगदान गर्नु भएकोले सो सम्मानबाट सम्मानित गरिएको समाजले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग