Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्खाबाङमा स्थानिय शान्ती समितीको कार्यालय स्थापना

Published on 8:22:00 AM //

संगिता कुवँर
भाद्र ७, गुल्मी । गुल्मीको अर्खबाङ गाविसको ठूलाचौरमा स्थानीय शान्ति समितिको कार्यालय स्थापना गरिएको छ । कार्यालयको शुक्रबार स्थानीय शान्ति समितिका अध्यक्ष हिमालय केसीले उद्घाटन गर्नुभएको छ । गाविस सचिव नारायण महतको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी, शान्ति समितिका पुर्व अध्यक्ष, स्थानीयवासिन्दा लगायतको उपस्थिती रहेको थियो ।
साथै सोहि कार्यक्रमको अवसरमा शुक्रबारबाटै शान्ति समितिका पदाधीकारीहरुको कार्यकाल सकिएकाले नयाँ कार्यसमितिको पनि चयन गरिएको छ । विन बहादुर विकको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको त्यहाँबाट सहकर्मी गोपाल केसीले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन अर्खावाङ्ग हेल्थपोष्टका ईन्चार्ज बसन्तराज भुसालले गर्नुभउको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग