Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्यानको धम्कीले विस्थापित

Published on 5:25:00 AM //

घनश्याम गौतम
गुल्मी, भाद्र ५ । बलात्कारपछि जन्मेका बच्चाको ज्यान लिने दबाब र धम्कीपछि न्याय र सुरक्षा माग गर्दै एक दलित युवती जिल्ला प्रशासनको शरणमा पुगेकी छन् ।

बलिथुम ३ सानोलुम्पेककी १८ वषर्ीया युवतीलाई स्थानीय एक गैरदलित युवकले जबर्जस्ती करणीबाट ३ वर्षअघि जन्मेकी बालिकाको ज्यान लिन दबाब र धम्की आएको हो । बालिकाको हत्या गरेमा १० हजार रुपैयाँ दिने प्रलोभन पनि दिइएको छ । बलात्कृत युवती अपांग छिन्, दुवै खुट्टा कमजोर छन् । घर नजिकै धारामा पानी लिन गएका बेला छिमेकी २५ वषर्ीय विवाहित रामबहादुर श्रेष्ठले घरमा लगेर बलात्कार गरेका थिए ।

घटना ३ वर्षअघि नै युवतीका बाबु र श्रेष्ठ परिवार मिलेर ३० हजार रुपैयाँमा गाउँमै मिलाएका थिए । मिलापत्रमा दिइएको रकम पनि बाबुले रक्सी खाएर सकिदिएको युवतीले बताइन् । पैसा सकिएपछि बाबुले हेला गर्न थालेको उनले बताइन् । जन्मजात कमजोर उनका दुवै खुट्टा सुक्दै गएका छन् । गाउँबाट विस्थापित भएर न्याय र सुरक्षा खोज्दै आएकी युवतीले महिला अधिकारकर्मी र सञ्चारकर्मीको पहलमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालसमक्ष उजुरी दिएकी छन् । पीडक रामप्रसाद श्रेष्ठ भने करिब २ वर्षदेखि घरमा छैनन् । परिवार र श्रेष्ठकी पत्नीले पटक-पटक हत्याको धम्की दिने गरेका छन् । पीडितको उजुरीपछि प्रजिअ ढकालले श्रेष्ठ र उनको परिवारलाई तत्काल पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् । युवती र छोरीलाई अहिले घरेलु हिंसा स्रोत समन्वय समितिको हिंसापीडित महिला पुनःस्थापना केन्द्रमा राखिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग