Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवीय संवेदना ख्याल नगर्नेलाई कलम चलाउने अधिकार छैन ः महासचिव लम्साल

Published on 10:06:00 PM //

पि.एम.मगर
गुल्मी, साउन १६ गते । नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव शिव लम्सालले मुलुकमा लोकतन्त्रलाई स्थायित्व गर्न पत्रकारहरुले अगुवाईको भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
विकसित तथा समुन्नत समाज रुपान्तरणको जिम्मा पत्रकारहरुको काँधमा रहेको वताउँदै लम्सालले हामी सवै मुलुक र समाजप्रति केन्द्रित हुनुपर्ने वताउनुभयो । रेडियो रेसुङ्गा प्रा.लि. र रेडियो रेसुङ्गा साथी समुह बलिथुम गुल्मीको संयुक्त आयोजनामा आयोजित एक हप्ते आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन एवं गाउँघरको आवाज नामक साप्ताहिक पत्रिकाको वुधवार विमोचन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका महासचिव लम्सालले यस्तो वताउनुभएको हो । हिड्नु ठुलो कुरो होईन पुग्नु जटिल कुरा भएको वताउँदै उहाँले पत्रकारिता पेशा अत्यन्तै जटिलपुर्ण रहेको र सधै समाजको परिवर्तन र हितको पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।
पत्रकार आफैमा सम्पन्न हुँदैन, सवै कुरा जानेको हुँदैन भन्दै महासचिव लम्सालले समाचार लेख्दा मानवीय जीवनलाई असर ग¥यो भने त्यस्तालाई कलम चलाउने अधिकार नभएको वताउनुभयो । उहाँले रेडियोमा कर्मचारीहरुको व्यवस्थापन गर्न रेडियोले खेलेको भूमिका, रेडियो रेसुङ्गा साथी समुहले गरेका कार्यहरु र अभियानको प्रशंसा गर्दै आगामी दिनमा आफुले केन्द्रवाट त्यसका लागि गर्नुपर्ने सहयोग सधै रहिरहने आश्वासन दिनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विमल घिमिरेले पत्रकारिता पेशा वौद्धिकहरुको पेशा भएको वताउनुभयो । उहाँले पत्रकारहरुको कलम सधै समाजको परिवर्तनको क्षेत्रमा चल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरेले छापा मिडियामा लगानी गर्ने क्रम घटिरहेको र पत्रिकाहरु विस्थापित भईरहेको अवस्थामा गाउँवाट साप्ताहिक रुपमा खवर पत्रिका प्रकाशनमा ल्याउनु अति खुशीको कुरा रहेको वताउनुभयो । उहाँले यो अभियानमा सवैको साथ रहने वताउनुभयो । कार्यक्रममा निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक निशान्त श्रीवास्तव, नेपाल क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य प्रेम सुनार, कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रणवहादुर महत लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै प्रशिक्षार्थी पुष्प अर्याल र मुना विश्वकर्माले पनि तालिमका विषयमा प्रकाश पार्नुभएको थियो ।
रेडियो रेसुङ्गा साथी समुह बलिथुम गुल्मीका विशिष्ट सदस्य एवं साप्ताहिक पत्रिकाका प्रवन्धक गंगु कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकेश गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको भने कार्यक्रमको सञ्चालन समाचार प्रमुख पि.एम. सर्तुङ्गी मगर र केशव भण्डारीले गर्नुभएको थियो । पत्रकारिता तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । साथी समुहले मासिक रुपमा प्रकाशन गर्दै आएको गाउँघरको आवाज नामक पत्रिकालाई वुधवारदेखि साप्ताहिक रुपमा प्रकाशनमा ल्याएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग