Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जुभुङ्गमा कांग्रेसको शोकसभा

Published on 3:26:00 PM //

 प्रेम सुनार
भाद्र २, गुल्मी । नेपाली कांग्रेस जिल्ला पार्टीले जुभुङ्ग गाउँ कार्य समितिका पुर्व सभापति एवं नेपाल भुतपुर्व सैनिक संघका पुर्व जिल्ला अध्यक्ष केयरसिंह सारुकी धर्म पत्नीको निधनप्रति गहिरो दुख ब्यक्त गर्दै शोक सभा गरेको छ । 
नेपाल शिक्षक संघकी जिल्ला सदस्य समेत रहेकी सारु पत्नी दानमायाको ४१ बर्षको उमेर मै भएको दुखत निधनप्रति भाव पुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारको घर मै पुगेर जिल्ला पार्टीले शोक सभा गरेको थियो ।
शोक सभामा जिल्ला उप सभापति भुवनप्रसाद श्रेष्ठले स्वर्गिय दानमायाले शिक्षक संघमा रहेर शिक्षकहरुको हक हित र नेपालको प्रजातान्त्रिक आन्दोलनमा खेलेको भुमिकाको स्मरण गर्दै उहाँको योगदानलाई पार्टीले चिरकाल सम्म कदर गर्न बताउनु भएको थियो 

कार्यक्रममा जिल्ला सचिव विष्णु बलाल, महाधिवेशन प्रतिनिधी श्रीप्रसाद भलामी, वेद थापा मगर, यमबहादुर थापा, भुतपुर्व सैनिक संघका अध्यक्ष लोकबहादुर कुँवर ,सचिव जंगबहादुर कुँवर लगायतका नेताहरुले स्वर्गिय दानमायाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै पत्नी शोकमा पर्नु भएका गाउँ नेता केयरसिंह सारु सहित शोकाकुल परिवारप्रति गहिरो साहनुभुति प्रकट गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग