Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकाममा बलेन सडक बत्ती

Published on 9:33:00 AM //

शिबलाल सुबेदी
गुल्मी, १ भदौ । जिल्लाको सदरमुकाम तम्घासका अधिकाशं सड्क बत्तीहरु बल्न छाडेका छन । सदरमुकाम तम्घासको बिभिन्न स्थानहरुमा राखिएका सडक बत्तीहरु समयमै मर्मत नहुदाँ बल्न छाडेका हुन ।
जिल्लाको सदरमुकाम तम्घासको प्रवेशद्धार देउरालीदेखि उपल्लो तमघास ,सदरमुकाम बजारको खानीगाउँ, मिलनचोक, पुतलीबजार, नयाँबजार पुरानो बजार, क्याम्पस रोड लगायतका बिभिन्न स्थानहरुमा अहिले सड्क बत्तीहरु बल्न छाडेका छन । लामो समयसम्म सडक बत्तीहरु नबल्दा समेत यस बिषयमा कसैको ध्यान पुग्न सकेका छैन । गत बर्ष रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाज, नेपाल विद्युत प्राधिकरण र स्थानीयवासीको सहयोगमा सदरमुकाम तम्घास सड्क बत्तीहरु राखिएको थियो । बिभिन्न सघं सस्था तथा सरकारी कार्यलयहरुको सहयोगमा सडक बत्ती राखिएपनि यसको मर्मत नहुदाँ अहिले सड्क बत्तीको कुनै अर्थ नै रहेको छैन । राती १० बजेपछि बजारका धेरै जसो स्थानहरु अध्यारा हुन्छन । सदरमुकाम तम्घासमा रातीमा आउने यात्रुहरुलाई हिँडडुल गर्न सजिलो तथा बिभिन्न अपराधिक क्रियाकलापहरु समेत नियन्त्रण गर्न सड्क बत्तीले सहयोग पुग्ने भन्दै सडक बत्ती बिस्तार गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग