Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"एकिकृत माओबादी बच्चा जन्माएर सिस्नोको झाडिमा फाल्ने आमा हो": ज्ञवाली

Published on 12:47:00 PM //

अनिल खत्री
गुल्मी, साउन २० । नेकपा एमालेका पोल्टिब्युरो सदस्य तथा प्रचार बिभाग प्रमुख प्रदिप ज्ञवालीले एकिकृत नेकपा माओबादी बच्चा जन्माएर सिस्नोको झाडिमा फाल्ने आमा भएको आरोप लगाउनुभएको छ । माओबादीले संविधानसभा जन्माउनको लागी महत्वपूर्ण भूमिका निर्वाह गरेको भएपनि उसले संविधानसभाको अवसान गराउनको लागी सवैभन्दा ठूलो भूमिका निर्वाह गरेको आरोप लगाउनुभएको हो ।
आज गुल्मीको सदरमुकाम तम्घासमा मुक्ति समाज गुल्मीले आयोजना गरेको कार्यक्रता प्रशिक्षणको लागी गुल्मी आएका ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले माओबादी अध्यक्ष प्रचण्ड देशका सवै कुरा वेच्न उद्वत रहेको बताउनुभयो । उहाँले एउटा नेपाली गीतको उदाहरण दिँदै प्रचण्डले कार्यकारी राष्ट्रपति पाएमा जे पनि गर्न तयार रहेको बताउनुभयो । उहाँले अघिल्लो संविधानसभाको चुनावमा माओबादीले आश, त्रास र वतासको कारणले जितेको वताउनुभयो ।
अहिले मान्छेमा माओबादीप्रति कुनैपनि डर नभएकोले माओबादीले नजित्ने ठोकुवा गर्नुभयो । माओबादीले बनाएको नारा ‘अरुलाई हे¥यौँ पटक पटक माओबादीलाई हेरौँ एकपटक’ ले माओबादीले जितेको बताउनुभयो । तर अहिले माओबादी एकै पटकमा जनताको घाँटीघाँटी भएको बताउनुभयो । साथै उहाँले माओबादी सात ओटा जातीको लागी राज्य बनाउन ज्यान फालेर लागेको आरोप समेत लगाउनुभयो । उहाँले अघिल्लो ६ महिनामा झण्डै ३४ हजार नेपालीलाई एमालेको कार्यक्रता वनाएको उहाँको दावी छ । माओबादीले केन्द्रिय तहमा केहि मान्छेलाई पार्टी प्रवेश गराएको भएपनि त्यो भन्दा अगाडि एमाले रहेको उहाँको भनाई रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग