Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लण्डनको विश्व प्रसिद्द वेम्बली एरेना ततायो नेपथ्यले (फोटोहरु र भिडियो सहित)

Published on 12:21:00 PM //

नेपाली सांगितिक ब्याण्ड नेपथ्यले शनिबार लण्डनको वेम्बलीस्थित एरेनामा एक भब्य सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिँएको छ । विश्वको तेस्रो ठुलो तथा लन्डनको दोस्रो  ठुलो इन्डोर कन्सर्ट भेन्युमा गएर आफ्नो प्रश्तुती दिने नेपथ्य नेपालकै पहिलो ब्याण्ड हो ।

नेपथ्य ब्याण्डका गाएक अमृत गुरुङ र उनको समूहले शनिबार आफ्नो प्रस्तुती दिएको हो । नेपथ्यको प्रस्तुति हेर्न हल्याण्ड, बेल्जियम, नर्वे तथा अमेरिकाबाट समेत नेपालीहरु बेलायत पुगेका थिए । कार्यक्रममा अमृत गुरुङले वेम्बलीमा आएर प्रस्तुति दिन पाउनु आफ्नो सपना जस्तै भएको र त्यो अहिले साकार भएको बताए ।

१९९० मा स्थापना भएको ब्याण्डले नेपालमा युद्धको समया शान्ति यात्रा समेत गरेको थियो । कार्यक्रमा नेपथ्यले आफ्ना चर्चित गीतहरु रेशम, जोगले हुन्छ भेट, तालको पानी लगायतका गीतमा आफ्नो प्स्तुति दिएको थियो ।

कार्यक्रममा करिब १० हजार नेपालीको सहभागिता रहेको थियो । हेर्नुहोस् फोटोफिचर र भिडियोमा नेपथ्यको प्रश्तुति यस्तो रह्यो

तस्बिर सौजन्य : अमर कडेल,फोटो पत्रकार महासंघ नेपाल वेलायत शाखा ।





भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग