Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 3:03:00 PM //

-राम प्रसाद पाण्डेय
परेवा र चखेवा को बास लुटेको खै के मिल्यो,
मारी आफ्नै दाजुभाइ लास लुटेको खै के मिल्यो

लोग्ने पनि मरि गयो, भाको छोरो बेपत्ता भो,
बिधुवा ती बिचराको आस लुटेको खै के मिल्यो

खान लाउन नपाएरै, रुन्छन् कति बालबच्चा ,
निमुखा र निसायको गास लुटेको खै के मिल्यो

गोला बारुद पड्किएर जले कति बनपाखा ती ,
गोठाला र गाइ बस्तुको घाँस लुटेको खै के मिल्यो

आफु भने मोटाएका छन् डम्पिङ साइडको बुंगुर जस्तै
सोझा जन्ता सहिद बनाई सास लुटेको खै के मिल्यो

-तम्घास, गुल्मी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग