Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपचार गराउँदा गराउँदै मृत्यु

Published on 5:21:00 AM //

पि.एम.मगर
गुल्मी, भदौ ७ गते । बसको ठक्करबाट गम्भिर घाईते बनेकी गुल्मी बम्घाकी एक महिलाको उपचारका क्रममा निधन भएको छ । बसले ठक्कर दिँदा घाईते बनेकी बम्घा गाविस ३ पिप्लीखर्क निवासी ३५ वर्षीया जानकी पाण्डेको उपचारका क्रममा पाल्पामा निधन भएको हो । शान्तिपुर नयाँबजारबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६८४२ नं. को बसमा चढ्दै गर्दा पाण्डेलाई बसले ठक्कर दिएको थियो । पाण्डेको जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा स्थित लुम्विनी मेडिकल कलेज प्रवास लगिएको थियो । ठक्कर दिने बस र चालकलाई भने नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख कृष्णलाल विश्वकर्माले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग