Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संरक्षित बन घोषणा गर्न लागेकोमा बन महासंघको विरोध

Published on 5:21:00 AM //

संगिता कुवँर
भाद्र ७, गुल्मी । गुल्मी जिल्लाका चर्चित बनहरु रेसुङ्गा, थाप्ले र सालिमे दहलाई सरकारले संरक्षित बनको रुपमा घोषणा गर्न लागेको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ गुल्मीले शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।
संरक्षित वन घोषणा गर्नु पुर्व स्थानिय उपभोत्ताहरुको स्वीकृती लिनुपर्ने व्यावस्थालाई उलङघन गर्दै यस्तो घोषणा गर्न लागेकोले महासंघलेविरोध जनाएको हो । प्राकृतिक श्रोत, जैविक विविधता, जल, जमिन, जंगलका मालीक स्थानीय उपभोत्ता हुन भन्ने कुरा बिर्सदै उपभोक्ताको अधिकार खोस्ने काम भएको जिल्ला बन कार्यालय मार्फत बन तथा भू संरक्षण मन्त्रालयलाई ज्ञापनपत्र वुझाईएको महासंघका अध्यक्ष राम मल्ल ठकुरीले बताउनुभयो ।
जिल्लाका विभिन्न सरोकारवालासँग छलफल चलाइ रहेको बेला सरकारले जवरजस्ती घोषणा गर्न लागेको महासंघले जनाएको छ । महासंघले बन मन्त्रालयलाई पठाएको ज्ञापनपत्र जिल्लाका सम्ूुर्ण राजनितिक दल, जिल्ला प्रशाशन कार्यालय लगायत अन्य सरोकारवालाहरुलाई पनि वुझाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग