Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कार माथी पहिरो खस्दा निर्माण ब्यबसायी संघ गुल्मीका अध्यक्ष सहित दुइको निधन

Published on 7:11:00 PM //

प्रेम सुनार 
गुल्मी, भदौ ११ । केहिबेर अघि पाल्पाको डुम्रेमा कारलाई माथीबाट आएको ढुङ्गा सहितको पहिरोले किच्दा निर्माण ब्यबसायी संघ गुल्मीका अध्यक्ष तथा नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष हरिप्रसाद न्यौपाने सहित दुई जनाको मृत्यु भएको छ । वुटवलबाट तम्घास आउँदै गरेको लु १ च ४६०६ नम्वरको निजी कार पाल्पा ४ को डुम्रे स्थित सडक माथीबाट आएको पहिरोले च्याप्दा हुँगा निवासी अध्यक्ष न्यौपाने र थोर्गा निवासी ईसव नेपालीको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृत्युबको खवर संगै गुल्मी शोकाकुल बनेकोछ भने सदरमुकाम तम्घासमा मानिसहरुको भिड लागेको छ । उहाँहरुको मृत्यु भएको पुष्टि भाईसकेको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले बताउनु भयो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग