Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पिडितलाई बेल्जीयमबाट एक लाख सहयोग

Published on 12:12:00 AM //

प्रेम सुनार
भदौ ११, गुल्मी । गुल्मीको हस्तीचौर ६ छल्दीटार निवासी ब्लड क्यानसबाट जिवन मरणको दोसाँधमा रहेका १४ वर्षिय रमेश घिमिरेलाई बेल्जीयममा रहेका नेपालीहरुले एक लाख नेपाली रुपैयाँ सहयोग गरेका छन् । गुल्मीकै वस्तु १, हुलाके घर भई गत पाँच वर्षदेखि बेल्जीयममा रोजगारी गर्ने रामप्रसाद पाण्डेको नेतृत्वमा रकम संकलन गरी रमेशका बाबु रामलाल घिमिरेलाई मंगलवार काठमाण्डौमा पाण्डेका भाईले रकम हस्तान्तरण गरेका छन् ।
उक्त सहयोग गुल्मी, अर्घखाँची, बाग्लुङ्ग, म्याग्दी, पर्वत, स्याङ्जा,पाल्पा लगायतका छिमेकी जिल्ला एवं अन्य जिल्लाका नेपालीहरुले समेत सहयोग गरेको पाण्डेले बताए । ब्लडक्यान्सर पिडित बालकको सहयोगको अपिल सम्वन्धी खवर गुल्मीन्युज डट कम मार्फत रेडियो पत्रिका ओझेलका खबरमा सुनेर आफुहरुले सहयोग गर्न चाहेको र अरुहरुले पनि रमेशलाई सहयोग गर्न पाण्डेको आग्रह छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग