Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले सडक अवरुद्ध

Published on 1:54:00 PM //

सीता भण्डारी
गुल्मी, १७ साउन । गएराति परेको वर्षासँगै गुल्मीको तम्घास देखि हस्तीचौरको रातडाँडाँ जोड्ने मोटरवाटोमा पहिरो झरेपछि सडक अवरुद्ध वनेको छ । सडक अन्तर्गत हस्तीचौर ७ रातचौरमा सडक माथिवाट पहिरो झरेपछि सवारी आवागमनमा समस्या परेको छ । त्यस्तै पहिरोसँगै झरेका रुखहरुले विधुतको तारहरु चुँडाएपछि सो क्षेत्रको विधुत समेत अवरुद्ध वनेको स्थानीयवासीले वताएका छन् ।
सडकमा पहिरो झरेपछि गाडिहरु सडकमै रोकिएका छन् भने केहि यात्रुहरु गाडि परिवर्तन गरी आवतजावत गरेको पनि वताईएको छ । सडकको पहिरो हटाउन अहिलेसम्म कुनै पहल नभएको स्थानीयवासी, गाडी व्यवसायी तथा यात्रुहरुको गुनासो छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग