Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालीगण्डकीमा खसेर मुत्यु

Published on 9:04:00 PM //

शिबलाल सुबेदी
गुल्मी, २७ साउन । कालिगण्डकीमा खसेर आइृतबार बिहान एक जनाको ज्यान गएको छ । गुल्मीको अर्वेनी गाविसमा सडकमा काम गरिरहेको अवस्थामा भिरबाट खसेर सिन्धुली जिल्ला ककुरठाकुर गाविस ९ का टेक बहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
नेपाली सेनाले जिम्मा लिएको उक्त कालीगण्डकी करिडोरमा खड्काले मजदुरी गदै आएका थिए । भिबाट चिप्लीएर कालीगण्डकी किनारमा खसेर घाईते भएका खड्काको उद्धार गदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकृत प्रहरी निरिक्षक निशान्त श्रीवास्तबले जानकारी दिनुभएको छ । घटनास्थलबाट जिल्ला प्रहरी कार्यलय गुल्मी धैरै टाढा भएकाले स्याङ्गजाको वालिङ्गमा शवको पोष्टमार्टम गरि आईतबार साझँ नै आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग