Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले गाउँ कमिटी तम्घासको वडा भेला सम्पन्न

Published on 3:28:00 AM //

संगिता कुँवर
भदौ ८, गुल्मी । नेकपा एमाले तम्घास गाउँ कमिटी बडा नम्बर ८ को बडा भेला सम्पन्न भएको छ । भेलाले जय बहादुर चुदाँराको अध्यक्षतामा २१ सदस्यीय बडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षमा गंगा मगर, सचिवमा धुव्र पन्थी, सहसचिवमा दिपक पाण्डेय, कोषाध्यक्षमा ओमबहादुर चुँदारा लगाएतका अन्य सदस्य रहनुभएको छ ।
भेलाले निर्बतमान बडा कमिटि अध्यक्ष पुर्णलाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय सल्लाकार कमिटी समेत गठन गरेको छ । जसकोसल्लाकार सदस्यमा मानबहादुर चुदारा,चन्द्र बहादुर चुदाँरा, गोपाल प्रसाद पाण्डेय र रामप्रसाद पाण्डे रहनुभएको छ । भेलाले बाबुराम चुदाँराको अध्यक्षतामा २३ सदस्यीय युवा संघ बडा नम्बर ८ को पनि गठन गरेको छ ।  जसको उपाध्यक्षमा सुव्वा चुदाँरा,सचिवमा बालकृष्ण पन्थी,सहसचिबमा भागीराथ बोहरा र कोषाध्यक्षमा राजु बोहोरा रहनुभएको छ । यस्तै उमा चुदाँराको अध्यक्षतामा ११ सदस्यीय बडा स्तरीय अखिल नेपाल महिला संघकोे पनि गठन गरीएको छ ।
जसको उपाध्यक्षमा हरिकला पाण्डे,सचिबमा रुपा चुदाँरा कोषाध्यक्षमा मिठु चुदाँरा रहुनभएको छ ।भेलामा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष टोमलाल पाण्डे,उपाध्यक्ष मधुकृष्ण पन्थ, सचिव सोमनाथ सापकोटा,सदस्यहरु गणेश श्रीपाली,कृष्ण सुनार,युवा संघका जिल्ला अध्यक्ष कृष्ण बिश्वकर्मा,उपाध्यक्ष मोहन पाण्डेय,युथफोर्स जिल्ला अध्यक्ष मोहन काउछा, तम्घास गाउँ कमिटी अध्यक्ष दुर्गा प्रसाद पाण्डे लगाएतको उपस्थीति रहेको थियो । भेला पुर्णलाल श्रेष्ठको अध्यक्षता र मणि भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग