Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा दर खाँदै तीज धमाका (फोटो फिचर)

Published on 1:05:00 AM //

प्रेम सुनार
भाद्र १, गुल्मी । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयको प्रांगणमा पुग्दा महिलाहरु पालो नपाएर एकै साथ नाच्दै थिए । झन पुरुषको त पालो आउने कुरै भएन । चेलीहरुको तिज गित र मादल घन्काईले नाचौँ नाचौँ भई रहेका काँग्रेस महाधिबेशन प्रतिनिधी वेदबहादुर थापा छिरीहाले नाच्ने ठाउँमा र दिदी बहिनीहरुसंग एक साथ झुम्न थाले । 
कार्यक्रम स्थलको चौरमा खुट्टा हाल्ने ठाउँ थिएन । एकै साथ २५ जना सम्म नाच्दा पनि धित नमरेर एकथरी महिला अर्को खाल बनाएर नाच्न थाले । कांग्रेस गुल्मीको पार्टी कार्यालय यसरी साँझ सम्म तिज गितको डाँडो बनिरहेको थियो । कार्यक्रममा एकातिर तिज गित नाचको रौनक थियो त अर्कोतिर दर खानको । साँच्ची नै आज त नेपाल महिला संघका दिदी बहिनीहरुले तिजको डाँडै बनाए पार्टी कार्यालयलाई । 
नेपाल महिला संघ तम्घास गाउँ कमिटीको आयोजनामा राखिएको तिज गित कार्यक्रममा नेपाली कांग्रेस तम्घास गाउँ कार्य समितिका सभापति एवं गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे त मन थाम्न नसकेर आफ्नी धर्म पत्नी नाचिरहेको बेला लुत्त छिरेर संगै कम्मर मर्काउन थालि हाले । त्यस पछि त झन रौनकता थपियो । उता महिला संघ तम्घासकी अध्यक्ष अमृता कुँवर, उपाध्यक्ष सिता पाण्डे लगायत पनि एक साथ झुमिरहेका थिए । 
जिल्ला पार्टी उप सभापति भुवनप्रसाद श्रेष्ठ लगायत थपडी मार्दै थिए । तम्घास गाउँ कार्य समिति सचिव छवि पाण्डे दर बाँड्दैमा ब्यस्त थिए । उपस्थीत साराको मनमा खुशी नहुन पनि सक्छ र पनि खुशी साट्नै पर्छ । जहाँ तिन महिना अघि आमाको मृत्यु शोकमा परेकी नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा त्यो शोकलाई शक्तिमा बदलेर साथीहरुको खुशीमा खुशी साटी रहनु भएको थियो । उता कांग्रेस नेता स्व. फाणिन्द्रराज भण्डारीकी धर्मपत्नी धना भाउजु पनि सारा दु:ख र पिडाका क्षणहरु मनमा च्याँपेर साथीहरुको मुस्कानमा मुस्कान दिईरहनु भएको थियो । कतै कसैको पिडाका विच पनि खुशी र त्यो उल्लास शब्दमा भन्दा तस्बिर मार्फत प्रस्तुत गर्ने जमर्को गरिरहेका छौँ, हेरौं:










भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग