Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक बन उपभोक्ता समितिलाई सुशासन तालिम

Published on 10:49:00 AM //

नरेश भण्डारी
गुल्मी, साउन २१ । सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ गुल्मीको हरियोबन कार्यक्रम अन्तर्गत सुशासन, जैविक विविधता संरक्षण लैंगिक तथा सामाजिक समावेशिकरण सम्वन्धि २ दिने तालिम सोमवार सम्पन्न भयो ।
२३ वटा सामुदायिक बन उपभोक्ता समुहका ३९ जना सहभागि रहेको तालिममा सुशासन र सुशासनको आँकलन विषयमा इन्सेक पतिनिधि नरेश भण्डारीले सहगिकरण गर्नु भयो । यसैगरी लैंगिक सनानता र सामाजिक समावेशिकरणबारे हरियोबन कार्यक्रका जेण्डर अधिकृत पुनम भट्टले साथै जैविक विविधताबारेमा सहायक बन अधिकृत कर्णबहादुर पाण्डेले सहजिकरण गर्नुभयो ।
सामुदायिक बनहरुमा लैंगिक समानता सामाजिक समावेशिकरणका साथै सुशासन अभिवृद्धी जैविक विधितता संरणमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको कार्यक्रम सहायक पवित्रा मरासिनीले जानकारी दिनुभयो ।
तालिम सामुदायिक बन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षता, महासचिव देवी कुँवरको सञ्चालन र सचिव विष्णु पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग