Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सफा छैनन तम्घासका मासु पसल, २ पसलमा खानै नमिल्ने मासु भेटियो

Published on 1:20:00 PM //

प्रेम सुनार
गुल्मी, ३१ साउन । बजार अनुगमन समिती गुल्मीले सदरमुकाम तम्घासका बिभिन्न मासु पसलहरुको अनुगमन गरेको छ ।
सदरमुकाम तम्घासमा रहेका १ दर्जनभन्दा बढी मासु पसलहरुको अनुगमन गर्दा धेरै जसो मासु पसलहरुमा सरसफाई नभएको बजार अनुगमन समितीले जनाएको छ । अनुगमनका क्रममा २ बटा मासु पसलहरुमा खानलायक नभएकाले केही मासु उठाइएको थियो । उठाइएको मासु सम्बन्धित मासु पसललेहरुले अनुगमन समितीकै अगाडि खाल्डो खनेर गाडेका थिए । पसलमा राखिएको उक्त मासु कहिले देखि डिफ्रिजमा राखेको हो भन्ने नै मासु पसलेलाई थाहा नभएको अनुगमन समितीमा सहभागी एक सदस्यले जानकारी दिए ।
अनुगमनको क्रममा अधिकाशं मासु पसलहरुमा सरसफाई नभएकाले पसलहरु सरसफाई र ब्यवस्थित बनाएर सञ्चालन गर्न निर्देशन समेत अनुगमन समितीले दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, जिल्ला पशु कार्यलयका प्रमुख डाक्टर हरि बहादुर कुवँर, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक निशान्त्त श्रीवास्तव, मासु ब्यवसायी सघं गुल्मीका अध्यक्ष खड्क प्रसाद श्रेष्ठ लगायतको टोलीले सदरमुकाम तम्घासमा रहेका मासु पसलहरुको अनुगमन गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग