Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिल्लीमा नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

Published on 9:11:00 PM //

हिम शिखर/बाबुराम थापा
अप्रिल १५, दिल्ली । हरेक बर्ष जस्तै यसपाली पनि भारतिय स्वतन्त्र दिवसको अवसर पारेर श्री पशुपति सम्पर्क मञ्चको आयोजनामा भारतको राजधानी दिल्ली स्थित गोविन्दपुरीमा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
नेपालका ख्यातिप्राप्त लोक दोहरी गायक गायिका जमुना राना र हुम गैरे, युवा मनमुटुका धड्कन नेपालका पप तथा आधुनिक गायक र नायक यशकुमारले आफ्ना प्रस्तुतिद्धारा प्रवासी नेपालीहरुलाई भरपुर मनोरन्जन गराएका थिए । उक्त कार्यक्रमका प्रमुख आर्कषण यशकुमारले एक घण्टाको निरन्तर प्रस्तुतिद्धारा दर्शकहरु र आयोजकहरुको मन जित्न सफल भएका थिए ।
सो कार्यक्रममा श्रृजना सांस्कृतिक परिवारका बालकलाकारहरुले पनि नृत्य प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भएका थिए । साथमा हाँस्य कलाकार विजय रानाको रोचक प्रस्तुतिमा दर्शकहरु पेट मिचिमिचि हाँस्न बाध्य भएका थिए । झन्डै साढे २ हजार भन्दा बढि दर्शकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा जमुना राना र हुम गैरेका दोहोरी प्रस्तुतिमा स्टेजमै पुगेर नाचेका थिए दर्शकहरु ।
त्यसै विच नेपालका स्टार नायक श्रीकृष्ण श्रेष्ठको आगमनमा प्रवासी नेपालीहरुले उनलाई प्रत्यक्ष भेट्न पाएकोमा बढि हर्षित भएका थिए।
उक्त कार्यक्रमका बिशेष अतिथि भारत एण्टी टेरोरिष्ट फ्रन्टका प्रमुख एम.एस विट्टा हुनुहुन्थ्यो ।
विभिन्न सामाजिक संस्थामध्येको एक क्रियशिल सामाजिक संस्थाको रुपमा कामगर्दै आएको पशुपति सम्पर्क मञ्चले बेसहरा र विधवाहरुलाई सिलाई मसिन र व्हील चियर वितरण गरेको थियो ।
कार्यक्रममा नेपाली दुतबासका प्रतिनिधिहरु, विभिन्न सामाजिक संस्थाका पदाधिकारीहरु ब्यावसायीहरु, पत्रकारहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाल दर्शन साप्ताहिक का सहसम्पादक गोविन्द पोख्रेल ले गर्नुभएको थियो ।







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग