Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरवाटो उपभोक्ता समितिको दादागिरी

Published on 6:27:00 AM //

प्रेम सुनार
साउन ३१, गुल्मी । जिल्लामा विकास निर्माणका नाममा मोटरवाटो उपभोक्ता समितिको दादागिरीका कारण जनताको घरवास दिनप्रतिदिन उठ्दै छ तर नियमनकारी निकाय मौन छ । मुसीकोट ३ अमराई कुण्दलाका मानवहादुर सुनारले घरमुनिवाट वाटो नखनिदिनोस् भनेर समितिका मान्छेसँग हात जोडे । गाविसमा गएर रोई हारगुहार गरे । यता जिल्ला प्रशासन र जिविसमा समेत निवेदन लिएर पटकपटक आए तर सुनुवाई भएन । जवरजस्ती वाटो समितिले खन्यो । अहिले त्यो परिवार घर भत्किने डरले रातमा सुत्दैन ।
भराहा चुदरी गाउँ अमराई देउराली मोटरवाटो समितिका अध्यक्ष गणेश कार्कीको दादागिरीका सामु आफुहरुको केही नलागेको उनीहरुको आरोप छ । घरमाथिवाट यसअघि नै खनिएको थियो, अहिले ग्रेडिङ्ग मिलाउन भन्दै घरै मुनिवाट खनेपछि सुनारको विचमा परेको घर भत्किने र विस्थापित हुने त्रासमा उनी छन् । उनले आफन्त पर्ने युवा संघ नेपालका जिल्ला अध्यक्ष कृष्ण विकको सहयोग मागे । विकले पनि प्रशासन लगायतका ठाउँमा भनसुन गरीदिए । तर सम्वन्धित निकायले टेरपुछर लगाएको अवस्था छैन ।
अध्यक्ष विकले भने लौ न उनीहरु माथि अत्याचार नै भयो मिडियाले उठाईदिनु¥यो । सुनार त एक प्रतिनिधि मुलक पात्र मात्रै हुन । जिल्लामा विकासका नाममा उपभोक्ता समितिको दादागिरीका, प्रहरी प्रशासनको नियन्त्रणभन्दा माथि छ । कुनै न कुनै दलको नेता उपभोक्ता समितिको अध्यक्ष लगायतको पदाधिकारी भएको हुने हुदा प्रहरी प्रशासनको पहुच उनीहरुमा हुने र पिडितहरु न्याय नपाएर थकित हुनु परेका घटना जिल्लामा तमाम छन् । यहाँसम्म गरियो कि दुई वर्षअघि मेरो खेतवाट डोजर नचलाईदिनोस भन्न पुगेकी वडागाउँ ७ की एक महिलालाई रुखमा वाँधेर डोजर समेत चलाईयो । त्यो भन्दा कहालीलाग्दो घटनाको स्मरण गर्नुपर्दा दुई वर्षअघि विरवासका एक दलित त्यसै मोटरवाटोमा झुण्डीएर आत्महत्या गरेका थिए । विरवास ५ भट्टेचौर निवासी वालकृष्ण सार्कीले आफ्नो वारीवाट वाटो नखनिदिन समितिसँग पटकपटक आग्रह गर्दा पनि समितिले अटेरी गरेपछि उनले खन्दीनुभयो भने आत्महत्या गरेर मर्छु यसै वाटोमा भने । समितिका मान्छेहरुले मरे मर भनेर दिउसो वाटो खने राती उनले सोही वाटोको ढिकमा रहेको खन्युँको रुखमा झुण्डीएर आत्महत्या गरेका थिए । लगत्तै श्रीमान वियोगको पिडामा श्रीमतिको पनि वाटोकै कारण ज्यान गयो ।
यसरी एकै परिवारका दुई जनाको ज्यान लिने गरी गरिवले ज्यान हाल्दा समेत जिल्लामा गम्भिर समिक्षा हुन सकेन  । यो विरवासको क्याप्स रोड मिसुका रुन्खादह मोटरवाटोको दर्दनाक कथा हो । यस्तै स्थितिमा प्राय हरेक गाविसका गरिव जनता पुगेका छन् । उजुरी लिएर जिल्लामा आउँछन् । प्रशसन र जिविसले उपभोक्ता समितिलाई विकास प्रेमीको नाममा संरक्षण गर्छन जस्ले गर्दा समितिका मान्छेहरुको दादागिरीले प्रशय पाएको हो । मोटरवाटो नखनिदिनोस भनेर आग्रह गरिएका परिवारजनलाई रातमा स्थानीय युवाहरुलाई जाँडरक्सी खुवाएर धम्काउन लगाउने, गाउँ छोड्न वाध्य वनाउने धम्की समेत आउने गरेको पिडितहरुले गुनासो गरेका छन् ।
मुसीकोट गाविस वडा नं. ५ ठाँटीचौरका लिलवहादुर विकको पनि घरमाथिवाट डोजर लगाई वाटो खन्दा घर नै पुरिएर उठीवास भएको छ । लिलवहादुर वैदेशिक रोजगारको शिलशिलामा वाहिर छन् भने उनको ५ सदस्यीय परिवार विस्थापित भएको छ । श्रीमति विष्णु घर हेर्दै वाहिर वसेर रुन्छीन समिति रमिते वनेको छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालसँग सम्पर्क राख्दा जिल्ला विकास समितिले निर्देशिका अनुसार काम गर्नुपर्ने भएकाले कार्यन्वयन गराउनुपर्ने हो, उतै सोध्नुस भने । स्थानीय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले निर्देशिका अनुसार समितिलाई काम गर्न लगाईराखेको जिकिर गर्दै आएका छन् । उनले यस्तो जिकिर गरेपनि समितिले नटेरेको अवस्थाले निरन्तरता पाउँदा अझै कति जनाको घरवास उठ्ने हो चिन्ताको विषय वनेको छ ।
एकीकृत नेकपा माओवादी डिवर्ना गाउँ पार्टि अर्खाखाँचीको भेला तथा प्रशिक्षण कार्याक्रम सम्पन्न भएका ेछ । गाउँ कमिटिका अध्यक्ष वालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य राजकुमार शर्मा, एक नम्वर क्षेत्रीय निर्वाचन संयोजक ठाकुर कुमार विक, राज्य समिति सदस्य राजेन्द्र भुषाल, अनेम केन्द्रिंय सदस्य थम कुमारी खनाल, राज्य समिति सदस्य मधु क्षेत्री, सारदा खनाल, वाईसीएल जिल्ला अध्यक्ष कृष्ण सारु, जिल्ला सदस्य आशोक खनाल, राजेन्द्र जिसी लगायतले मत्व्य व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी ९० जना माओवादीमा प्रवेश गरका छन् । कार्यक्रममको सञ्चालन रामवहादुर विकले गर्नुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग