Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अव प्रहरीको दलित डेक्स सक्रिय पार्ने

Published on 11:17:00 PM //

प्रेम सुनार
साउन १८, गुल्मी । अवदेखि जिल्ला प्रहरी कार्यालयमा दलित तथा छुवाछुतका उजुरी सुन्ने डेक्स सक्रिय पार्ने प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताएका छन् ।
सरकारबाट दलित तथा छुवाछुत सम्वन्धी डेक्सलाई विशेष प्राथामिकतामा राखेर हेर्ने निर्देशन आएकोले सक्रिय पार्न लागिएको उनले जानकारी गराए ।  महिला तथा वालवालिका सेलले नै दलित तथा छुवाछुतका उजुरी सुन्ने र सहजीकरण गर्ने ब्यवस्था मिलाईएको सो कार्यालयका सुचना अधिकृत रहेको प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले बताए ।
मानव अधिकारको विश्वब्यापी घोषण पत्र १९४८ को सवै खाले जातिय भेदभाव उन्मुलन सम्वन्धी अन्तराष्ट्रिय अनुबन्ध १९६५ ले जाती, वर्ण र राष्ट्रियाताको आधारमा भेदभावलाई निशेध गरेको छ । वर्षौँ अघिदेखि जातिय विभेद विरुद्धका नेपालकै कानुन समेत कायन्वयन हुन नसकी रहेको अवस्थामा प्रहरीले दलित डेक्सलाई सक्रिय पार्न तत्परता देखाउनु सकरात्मक कदम भएको दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले प्रतिकृया दिए ।
नेपालको अन्तरीम संविधान २०६३ को धारा ३ को उपधारा १२ देखि ३२ सम्म जातिय विभेदलाई दण्डनिय अपराध भने पनि ब्यबहारमा लागु हुन सकेको छैन । त्यसको ब्यबहारिक कार्यान्यवनका लागि संसदले नयाँ ऐन २०६८ समेत जारी गरेको छ । प्रहरी र प्रशासनमा स्थापना गरिएका दलति तथा छुवाछुत सम्वन्धी डेक्सबाट दलितहरुलाई साँचो अर्थमा न्याय दिलाउन सर्वप्रथम संवन्धीत निकायले यो समाजको छलछाम राम्ररी बुझ्नु पर्ने अध्यक्ष गणेश बिश्वकर्माको सुझाव छ ।
समाजमा चरम विभेद छ, त्यस विरुद्ध दलितहरुले आवाज उठायो भने मात्रै पनि भौतिक आक्रमण गरिन्छ र उल्टै जाँड रक्सी पिएर उसैले आक्रमण ग¥यो भने र झुटा मुद्धा लगाईन्छ बिश्वकर्माले भने त्यस्तो छलछाम संवन्धीत निकायले बुझ्न जरुरी छ । अन्यथा डेक्स राख्नुको औचित्य छैन् । छुवाछुत गरेकै कारण दलितलाई कुटेर मारियो र भिरबाट लडेर म¥यो भन्ने पारियो प्रमाण नष्ट समेत गरियो यस्ता घटनालाई नजर अन्दाज गर्न नसके दलितहरुको आधारभुत मानव अधिकार समेत उपभोग गर्न नसक्ने उनको ठहर छ ।
उजुरी दिन पाउनु हरेक नागरिकको अधिकार हो बिश्वकर्माले बेलबारी घटनाको उदाहरण दिँदै भने देख्नु भएन बेलबारीमा स्थानिय एक ग्रैह दलित पुरुषले बलत्कार प्रयास ग¥यो भन्ने उजुरी प्रहरीमा दिँदैमा उनिलाई कालोमोसो दल्ने जुत्ताको माला पहिराएर पाशविक दुर्ब्यबहार गरियो । गुल्मीममा पनि मन्दिर प्रवेश लगाएत ऐन कानुनले दिएको अधिकार दलितहरुले उपभोग गर्न खोज्दा भौतिक आक्रमाण, दुर्ब्यवहार गर्ने र झुटा मुद्धा लगाउने गरेका थुप्रै घटना भएको भन्दै उनले संवन्धीतको ध्यानकृष्ट गराए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग