Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जाँड रक्सी नियन्त्रणमा जोड, दलित आफै पनि सुध्रिन आवश्यक

Published on 11:37:00 AM //

प्रेम सुनार
भाद्र ६, गुुल्मी । प्रायः रात-दिन जसो जाँड रक्सी पिउनाले  गाउँमा घरेलु हिंसा बढ्ने गरेको र कमाएको पैसा समेत जाँड रक्सीमै खर्च हुने गरेकोबाट सचेत हुँदै गुल्मीको वाग्ला गाविसका दालितहरुले गाउँमा जाँड रक्सी नियन्त्रण अभियान छेड्ने भएका छन् ।
वाग्ला गाविसमा आज बसेको दलित विकास समितिको बैठकले यस्तो अभियान छेड्ने निर्णय गरेको हो । प्रायः जसो जाँड रक्सीको सेवनले महिलाहरु घरेलु हिंसामा पर्ने र घरयासी भारले पिडित समेत भएको ठहर गर्दै जाँड रक्सी नियन्त्रण अभियानमा अव पुरुषहरु नै जुट्ने समितिले निर्णय गरेको वाग्लाका समचार सहयोगी वसन्त सुनारले जानकारी दिए ।
वाग्लामा दलित समुदायको ठुलो वस्ती र उनिहरु निकै मेहनत–मजदुरी गर्ने भएपनि आर्थिक रुपले कहिल्लै माथी पुग्न नसक्नुको एक कारण जाँड रक्सी, माछा–मासु पनि एक भएको बैठकले विश्लेषण गर्दै दलित विकास समितिका अध्यक्ष वासबहादुर बिश्वकर्मा लगायतका दलित अगुवाहरुले यस्तो प्रस्ताव अगाडी सारेका थिए ।
यसै विच आजै  दलितहरुको ठुलो वस्ती रहेको वाग्ला ३ का महिलाहरुको भेलाले पनि यस्ता खालका विकृति, विसंगति र दलित समुदाय भित्रको विलासी जिवनयापनलाई सुधार गर्नु पर्ने कुरालाई जोड दिदै एकिकृत नेकपा माओवादीको महिला संगठनमा आवद्ध भएका छन् ।
सो पार्टि निकट अखिल नेपाल महिला संग क्रान्तिकारीमा त्यहाँका महिलाहरु संगठित भएका हुन् । वाग्ला ३ कि सामाजिक कायर्मा सक्रिय महिला रामकुमारी सुनारले राज्यले केहि गरेन भनेर दोष थोपार्ने मात्रै गर्न नहुने, राज्यले दिएको अधिकार सुविधालाई सहि सदुपयोग गर्दै दलित समुदाय भित्रको खर्चिलो परम्परा पनि तोड्नु पर्नेमा जोड दिनु भयो ।
 घरमा शौचालय बनाउने पैसा  हुँदैन भन्छन पुरुषहरु तर रात दिन जाँड खाने पैसा कहाँबाट आउँछ उहाँले यस्तो प्रश्न गर्नु भयो । दिनभरी नेता हुने राती टिल परेर श्रीमति कुट्ने प्रवृद्धि अन्त्य गर्न पनि महिलाहरु संगठित हुनु पर्नेमा उहाँको जोड थियो ।    एकिकृत नेकपा माओवादी वाग्लाका अध्यक्ष झविन्द्र भण्डारीले पनि यस्ता कुरामा दलित समुदाय सचेत हुनु पर्नेमा जोड दिनु भयो । विशेषत चुनावताका दलित समुदायका टोल टोलमा रक्सीका दोकान फ्रि गरा  े र पाडा भैसी कटाएर मासु खाना दिई चुनाव जित्ने नेताहरुप्रति दलित समुदाय सचेत हुनु पर्नेमा भण्डारीको सझाव थिए ।
 ‘ ख्याल गर्नु होला जव भोली वा पर्सी चुनाव हो भन्ने बेलामा रातौंरात पाडा भैसी काटिने छन्, बोराका बोरा चामल पनि वितरण हुने छन् एकछिन त खाना पाउनु हुनेछ ’ भण्डारीले भन्नु भया‘े भोली तपाई र तपाईका छोराछोरीको भविश्य माथी खेलबाट गर्दै छु भन्ने बुझ्नु होला ।’
  चुनावताका दलित समुदायमा रक्सी र मासु फ्रि गराउने र भोट आफु तिर पार्न लगाउने यो वाग्लाको मात्रै लज्जीत कार्य होईन अन्य गाविसमा पनि गरिन्छ । वाग्लाको जस्तै यस्तो जनचेतना मुलक कार्य अन्य गाविसका दलितहरुले पनि गर्न जरुरी छ ।
 आजै त्यहाँका महिलाहरुको भेलाले रामकुमारी सुनारको अध्यक्षतामा अनेम संघ क्रान्तिकारी वाग्लाको १५ सदस्यीय वडा कमिटी गठन गरेका छन् । समितिको उपाध्यक्षमा छुम बि.क., सतिव गोमा वि.क., सदस्यहरु बटुली टमटा, रामकुमारी बि.क., रुमकली बि.क.। गङ्गी विटालु लगायत रहेका छन् । भेला सो पार्टीका वाग्ला गाउँ कमिटी अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता र सचिव कृष्ण पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।
 
 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग