Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पामा हुने चोई स्मृती प्रतियोगिताको लागि गुल्मीबाट पनि खेलाडी छनौट

Published on 12:37:00 AM //

संगिता कुवँर
भाद्र २५, गुल्मी । नेपाल ईन्टरनेश्नल तेकवान्दो संघको आयोजनामा भदौ २८ र २९ गते पाल्पा हुने आठौँ जनरल चोई स्मृती आईटिएफ तेकवान्दो प्रतियोगिता तथा राष्ट्रिय आईटिएफ तेकवान्दो महोत्सवको लागि खेलाडी छनौट भएका छन् ।
गुल्मी जिल्लाबाट रेसुंगा आईटिएफ तेकवानदो डोजाङले १२ जना खेलाडी छनौट गरेको हो । खेलको लागि ६ बिधामा १२ जना खेलाडी छनौट गरिएको छ । जिल्लाबाट हेमन्त बस्नेत, विशाल मरासीनी, सौगात चोतान, विरेन्द्र कुँवर, बुद्धबहादुर पाण्डे, सुर्य विक, लोकेश वुढामगर, मुना थापा, तारा फुंजाली, सीमा खासु, विना राकसकोटी र संझना सुर्यबंशी छनौट भएका छन् ।
आईटिएफ समितिले आफ्ना खेलाडी निकै क्षमतावान रहेको दावी गरेको छ । २०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलबाट आईटिएफ खेलाडीले स्वर्णपदक जितेकोले खेलाडीहरु क्षमतावान रहेको प्रशिक्षक नवराज खरेलले दावी गर्नुभयो ।  निकै प्रतिभावान क्षमताले भरिपूर्ण खेलाडीहरुको बाहुल्यता रहेकोले प्रतियोगितामा गुल्मीले उच्च प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग