Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

Published on 12:18:00 AM //

बावुराम थापा
दिल्ली, भारत । रेसुङ्गा क्लव र प्रवासी नेपाली संघ भारतको आयोजनामा खुला भलिवल प्रतियोगिता ८ सेप्टेम्बर आईतबारका दिन भारतको नयॉ दिल्लीमा सम्पन्न भयो ।
दिल्ली एनसीआरबाट १६ टिमको सहभागिता रहेको उक्त भलिबल प्रतियोगितामा गुडगाँव प्रथम, हिमचुली क्लब दोस्रो र तेस्रो स्थानमा लुम्बिनी क्लब रहेका थिए । प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको प्रमुख आतिथ्य र पदम गाहाको अध्यक्षतामा सम्पन्न उक्त भलिवल प्रतियोगितामा अतिथिहरु प्रवासी नेपाली संघ भारतका महासचिव युवराज बास्कोटा, केन्द्रीय खेल विभाग अध्यक्ष गोपाल थापा, दिल्ली राज्य समितिका हेमविर थापा, इश्वरी भण्डारी हुनुहुन्थ्यो । रेसुङ्गा क्लबले आयोजना गरेको उक्त भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य दिँदै महासचिव बाँस्कोटाले रेसुङ्गा क्लब र सहभागी टिमहरुको प्रगतिको कामना गर्दै तिन वर्ष पहिला आफ्नो भम्रणको क्रममा गुल्मी पर्यटकीय क्षेत्र रेसुङ्गा तपोभुमिको अवलोकन बारे खुलेर प्रसंसा गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग