Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास ८ मा एमाओवादीको महिला संगठन

Published on 12:43:00 AM //

प्रेम सुनार
भदौ १५, गुल्मी । एकिकृत नेकपा माओवादीले शनिबार तम्घास १ मा पार्टीको महिला संगठन गठन गरेको छ । अखिल नेपाल महिला संघ क्रान्तिकरीको तम्घास ८ नम्वर वडा स्तरिय कमिटी माया सुनारको अध्यक्षतामा गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा मनभुजा बिश्वकर्मा, कोषाध्यक्ष पार्वती बि.क., सचिव शान्त बि.क., सह सचिव कमला चुँदरा चयन गरिएको छ । समितिका सदस्यहरुमा कल्पना चुँदरा, निर्मला चुँदरा, कल्पना बि.क.,पार्वती सुनार, विष्णु चुँदरा, सावित्रा सुनार, मैयाँ बि.क., तिलकुमारी बि.क., माया सुनार, डिलमाया बि.क.,सुनिता बि.क., मुना बि.क.,सरस्वती बि.क सहित १७ सदस्यी तम्घास ८ वडा कमिटी गठन गरिएको छ । अ.ने.म.संघ क्रान्तिकारीका राज्य समिति सदस्य वविता रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रशिक्षण दिदै रिजालले अव सुधारवादी दल विचारमा महिलाहरु विभाजित हुन नहुनृे बताउनु भएको थियो । कार्यक्रममा एकिकृत नेकपा माहओवादी जिल्ला सचिवालय सदस्य धर्म बिश्वकर्मा, नेपाल राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला सचिवालय सदस्य टिका बिश्वकर्मा, अनेम संघ क्रान्तिकारीका जिल्ला सदस्यहरु ईन्दिरा कार्की, रिता चुँदरा लगातको आतिथ्यता थियो । एकिकृत नेकपा माओवादी तम्घास ८ की वडा अध्यक्ष पुष्पा पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्ति बिश्वकर्माको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग