Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीले सवेरी चेकजाँचबाट डेढ महिनामै २ लाख बढि राजस्व संकलन गर्‍यो

Published on 1:10:00 AM //

प्रेम सुनार
भदौ १५, गुल्मी । प्रहरी प्रमुख सम्हाले लगत्तै ट्राफिक चेक जाँज तिब्र पारेका प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले डेढ महिनाको अन्तरालमै २ लाख रुपैयाँ भन्दा बढि राजस्व संकलन गरेका छन् । जिल्लाका मुख्य सडक र सहायक सडकहरुमा गरिएको चेक-जाँचका क्रममा १७ सय ५३ वटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरे वापतको कारवाहीमा २ लाख ४२ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको लम्सालले बताए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख डोरबहादुर थापाले दिएको जानकारी अनुसार ६० वटा ट्रक, १ सय ९२ वटा वस, ८ सय १७ वटा जिप, १ सय ६१ टेक्टर र ५ सय २३ वटा मोटर साईकल कारवाहीमा उक्त रकम राजस्व संकलन भएको हो । त्यस्तै ११ वटा सवारी साधनमा चालकले मादक पदार्थ सेवन गरे वापत जनही एक हजारको दरले जरीवाना गरिएको उनले जानकारी गराए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग