Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन्दकर्ताहरुले गुल्मीबाट १८ सवारी साधनहरु नियन्त्रणमा लिए

Published on 1:02:00 AM //

जनार्दन घिमिरे
गुल्मी, ३१ भदौं । वन्दको समयमा सवारी साधनहरु चलाएर वन्दको अवज्ञा गरेको भन्दै नेकपा माओवादीले सोमबार गुल्मीमा १८ वटा सवारी साधनहरु आफ्नो नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सवारी साधनहरुमा ५ वटा ट्रक, १२ वटा मोटरसाईकल र एउटा ट्याक्टर रहेका छन् ।
वन्दकर्ताहरुले गुल्मीको वलेटक्सार, रुपाकोट र अर्खले गाविसवाट उक्त सवारी साधनहरु चलाई रहेको अवस्थामा नियन्त्रणमा लिएको माओवादीका जिल्ला ईन्चार्ज वीरवहादुर कार्किले जानकारी दिनु भएको छ । वन्दको आवह्नवाट सोमबार दिनभर जिल्लाको जनजीवन ठप्प वनेको छ ।
शैक्षीक संघ संस्था र कलकारखानाहरु समेत पूर्ण रुपमा वन्द रहे । सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीहरुको उपस्थिति अत्यन्तै न्यून रहेको थियो । दिनभर एम्बुलेन्स, शव बाहन, दूध तथा विवाहका गाडी र प्रेसका सवारी साधनहरु संचालन भएपनि अन्य सवारी साधनहरु समेत ठप्प थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग