Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज देखी रेडियो स्काई चौथो वर्षमा प्रवेश

Published on 12:59:00 AM //

विष्णु पौडेल
गुल्मी, असौज १ । सामुदायिक रेडियो स्काई ९० दशमलव ४ मेगाहर्ज आज देखि चौथो वर्षमा प्रवेश गर्दैछ । चौथो वर्ष प्रवेशको अवसरमा रेडियोले आज विहान ८ वजे शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको स्टेशन म्यानेजर घनश्याम गौतमले जानकारी दिनुभयो ।
२०६७ साल असार २३ गतेदेखि परीक्षण प्रशारण सुरु गरेको रेडियोले असोज १ गतेदेखि नियमित प्रशारण शुरु गरेको थियो । नियमित प्रशारण भएको दिनको सम्झानामा प्रत्येक वर्षको असोज १ गतेलाई रेडियाले स्थापनाको रुपमा मनाउँदै आएको छ । सामाजिक न्यायका लागी सञ्चारअभियानद्धारा सञ्चालित रेडियो गुल्मी तथा अर्घाखाँचीका १ सय ३१ जना संस्थापक सदस्यको सक्रियतामा स्थापना भएको हो ।
एक सय वाटबाट प्रशारण शुरु भएको रेडियोको प्रशारण क्षमतालाई यसैवर्षदेखि वढएर पाँच सय वाट पु¥याएको रेडियोका अध्यक्ष शालिकराम पन्थीले जानकारी दिनुभयो । प्रशारण क्षमता वढाएसँगै ८८ दशमलव ४ मेगाहर्जवाट प्रशारण हुँदै आएको रेडियो २०७० असार १ गतेदेखि ९० दशमलव ४ मेगाहर्जमा प्रशारण भैरहेको छ । स्थापनाको छोटो समयमै लोकप्रिय वन्न सफल रेडियोले जनचाहना अनुसारका अरु कार्यक्रमहरु थप्दै लैजाने स्टेशन म्यानेजर घनश्याम गौतमले वताउनुभयो । गुल्मी, पाल्पा, अर्घाखाँची, वाग्लुङ्ग, रोल्पा, रुकुम, प्युठान, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा लगायतका एक दर्जन वढि जिल्लामा सुन्न सकिन्छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग