Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा बालअधिकार सम्वन्धि तिन दिने तालिम शुरु

Published on 2:01:00 AM //

नरेश भण्डारी
गुल्मी, भदौ २७ । नौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय, गुल्मीको आयोजनामा बालअधिकार चेतना समूहका पदाधिकारीहरुका लागि बालअधिकार सम्वन्धि तिन दिने तालिम ०७० भदौ २७ गते सुरुभयो । कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्न बृहत सर्व पक्षिय र सर्व दलिय सहमती कार्यम गर्न आवश्यक रहेको भन्दै इन्सेकलाई पहल कदमी दिन आग्रह गरे ।
उपल्लो तम्घास माविका व्यबसथापन समिति अध्यक्ष विष्णु पन्थी, भगवती माविकी लक्ष्मी अर्याल लगायतका व्यक्तिहरुले बालबालिकाको अधिकार सुनिश्चत गर्न अभिभावक संरक्षकत्व लिनु पर्ने र बालबालिकालाई सचेत र संगठित पारिनुपर्ने धारणा व्यक्त गरे पहिलो दिनको तालिममा बालबालिका को हुन्, बालबालिकाको अवसथा, बालअधिकार के हो ? बाल भित्ते पत्रिका बारे इन्सेक जिल्ला संयोजक यज्ञ भुसाल, पतिनिधि नरेश भण्डारी र सहजकर्ता सिता भुसालले सहजिकरण गरे ।
इन्सेक जिल्ला कार्यालय, गुल्मीले बिहीवार आयोजना गरेको बालअधिकार चेतना समूहका पदाधिकारीहरुका लागि बालअधिकार सम्वन्धि तिन दिने तालिमको उद्घाटन मन्तव्य व्यक्त गर्दै जिशिअ गोविन्द अर्याल । फोटो: नरेश भण्डारी

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग