Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली तेक्वान्दो टोली राष्ट्रिय महोत्सवमा भाग लिन तानसेन पुग्यो

Published on 2:12:00 AM //

प्रेम सुनार
भदौ २७, गुल्मी । आठौं जनरल चोई स्मृति आई टि एफ तेकोन्दो प्रतियोगिता तथा सो खेलको राष्ट्रिय महोत्सवमा भाग लिन बिहीवार गुल्मीका खेलाडीहरु पाल्पाको तानसेन तर्फ प्रस्थान गरेका छन् ।  उक्त खेलका राष्ट्रिय प्रशिक्षक नवराज खरेल र बल्याक वेल्ट प्रकाश पाण्डेको नेतृत्वमा १२ जना खेलाडीहरु तान्सेन प्रस्थान गरेका हुन । भदौ २८ र २९ गते दुई दिन सम्म चल्ने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई बिहीवार विहान खेलकुद विकास समितिको कभर्डहलमा एक कार्यक्रमका बिच विदाई गरिएको हो ।
राष्ट्रिय प्रशिक्षक नवराज खरेलको अध्यक्षतामा आयोजित विदाई समारोहमा खेलाडीहरुले कला प्रदर्शन समेत गरेका थिए । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुमा हेमन्त बस्नेत, विशाल मरासीनी, सौगात चौहान, बिरेन्द्र कुँवर, बुद्धबहादुर पाण्डे, सुर्यु बि.क., लोकेश बुढा मगर, मुना थापा, तारा फुँजाली , सीमा खासु, विना राकसकोटी र श्यामकला सुर्यबंशी रहेका छन् । तस्वीर यसै साथ छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग