Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ग्याँस सिलिण्डर पड्केर सुत्केरीको ज्यान गयो, २१ दिने शिशुको विचल्ली

Published on 6:28:00 PM //

प्रेम सुनार
भदौ २७, गुल्मी । छिमेकी जिल्ला अर्घाखाँचीको ठुलापोखरामा केहिबेर अघि एक्कासी चुलोमा ग्याँस पड्केर एक्काईस दिने सुत्केरीको ज्यान गएको छ । खाना पकाउने ग्याँसको सिलिण्डर पड्केर ठुलापोखरा गाविस वडा नम्वर ३ निवासी २२ वािर्षया उमा थापाको ज्यान गएको हो ।
एक्काईस दिन अघि पहिलो सन्तानका रुपमा छोरीको जन्म दिएर उनैलाई काँखमा खेलाउँदै बसेकी थापाको चुलोमा रहेको स्वास्तीक नामको ग्याँस सिलिण्डर चुलो पड्केर अर्घातोष प्रहरी ईलाका प्रहरी कार्यालयलाई उदृत गर्दै  स्थानिय समचार सहयोगी दिपेन्द्र श्रेष्ठले जानकारी दिए । थापाका श्रीमान सुनिल कुमार थापा नोकरी खोज्ने शिलसिलामा काठमाण्डौ गएको श्रेष्ठले बताए । उनको मृत्युले २१ दिने शिशु विचल्लीमा परेकी छन् । ग्याँस जलाएको अवस्थामा नभई त्यतिकै पड्कीएको बताईनछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग