Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचन वहिष्कार गर्नुको कुनै औचित्य छैन: नेता रायमाझी

Published on 1:28:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २६ भदौ ।  एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले एकाध पार्टिहरुले संविधानसभा निर्वाचन वहिष्कार गर्नुको कुनै औचित्य नहुने वताउनु भएको छ । उहाँले नेकपा माओवादीको निर्वाचन वहिष्कार गर्ने कुरा नारामा मात्र सिमित रहने भन्दै त्यो कुनै पनि हालतमा व्यवहारमा लागु नहुने दावी समेत गर्नु भएको छ । मन्त्रीमा कुरा नमिलेका कारण माओवादीको वैद्य समूह पार्टिवाट अलग भएको भन्दै नेता रायमाझीले मोहन वैद्यलाई आवेगमा वुद्धि विग्रियर पार्टि फुटाएको आरोप लगाउनु भयो ।
“उनीहरुले परराष्ट्र, गृह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयहरु मागेका थिए, एउटैलाई वाराम्वार मन्त्री वनाउन सकिने स्थिति पार्टिमा रहेन, मन्त्रीमा कुरा नमिलेर उहाँहरु फुट्नु भएको हो”, रायमाझीले भन्नु भयो । एकिकृत नेकपा माओवादी गुल्मीले बुधवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले उक्त कुरा व्यक्त गर्नु भएको हो । संविधान सभाको निर्वाचन विना देश अघि वढ्न नसक्ने भन्दै, आगामि मंशिर चार गते निर्वाचन नभए यो सरकारको औचित्य समेत समाप्त हुने उहाँको दावी छ । आगामि संविधान सभाको निर्वाचनमा संघियता चाहनेहरुलाई दुइतिहाई वहुमत र एकिकृत नेकपा माओवादीलाई साधारण वहुमत दिएमा पनि संविधान निर्माण हुने नेता रायमाझीले वताउनु भयो ।
 केन्द्रिय सदश्य रायमाझीले वर्तमान अवस्थामा काँग्रेसलाई आफ्नो अस्तित्व धान्न गाह्रो भएको र एमालेलाई पनि विखण्डनतर्फ उन्मुख भएको आरोप लागाउँदै उहाँले एकिकृत माओवादी मात्र अग्रगमनकारी शक्ति भएको दावी गर्नु भयो । अवको निर्वाचनमा अग्रगमन र प्रगति चाहने पार्टिले जित हासिल गर्नु पर्ने माझीको धारणा थियो ।
एकिकृत नेकपा माओवादीको जिल्ला कार्यालयको विस्तारित वैठकमा पार्टिले आगामि चुनावमा तय गर्ने विविध विषय र अपनाउनु पर्ने आगामि रणनीतिका विषयमा छलफलगरि निर्देशन समेत दिने शिलशिलामा रायमाझी गुल्मी आईपुगेको जिल्ला संयोजक शुदर्सन वरालले जानकारी दिनु भएको छ  ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग