Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कम्प्युटर सिक्दै गुल्मीका गाबिस सचिबहरु (फोटो सहित)

Published on 3:38:00 AM //

प्रेम सुनार
भदौ १९, गुल्मी । पावरवाला चस्मा लगाएर घोर्रिदै अक्षर पहिचान गर्ने धुर्कोट रजस्थलका ५६ वर्षिय गाविस सचिव लालमणी भण्डारी पच्चीस तिस वर्ष उमेरका अन्य गाविस सचिवहरुसंग बसेर विसावाईसे उमेरका ठिटाहरुबाट कम्युटर सिक्दै छन् । जिल्ला विकास समितिले सेवाग्राहीको काम छिटो छरितो, चुस्त दुरुस्त र ब्यबस्थीत गराउनका लागि गाविसमा कम्युटर सिस्टम लागु गरेपछि उनि सहित ५० को नेटो काटेका दर्जनौ गाविस सचिव यति बेला सदरमुकाम तम्घासमा कम्युटर तालिम लिँदैछन् ।
नयाँ प्रबिधिमा, पुराना सचिबहरु: गुल्मी जिल्लाका गाबिस सचिबहरु तम्घासमा कम्प्युटर सिक्दै । तस्बिर: प्रेम सुनार
स्थानिय श्रोतबाट २ लाख लागतमा ७९ वटै गाविस सचिवहरुलाई भाद्र १० देखि २४ गते सम्म १५ दिने कम्युटर तालिम सञ्चालन गरेपछि केहि छुटे पनि ७२ जना गाविस सचिव सहभागि छन् । जसमा पछिल्लो चरण नियुक्ति पाएका युवा गाविस सचिवहरु प्रशिक्षक भन्दा दक्ष देखिन्छन भने हिजो खरी-पाटीमा पढेका ५६ वार्षिय दरवार देविस्थान गाविस सचिव ईन्द्रबहादुर खत्री, ५५ वर्ष पुगेका गौँडाकोटका गाविस सचिव विष्णुप्रसाद पन्थी जस्ता पाको उमेरका एक दर्जन बढि गाविस सचिव कम्युटरको दुनियाँमा रम्न पाउँदा बेग्लै अनुभुति संगालेको बताउँछन् ।
‘सवै काम हातैले लेखेरै गरिन्थ्यो’ धुर्कोट रजस्थलका गाविस सचिव भण्डारीले भने–‘अब बुढेसकाल लाग्ने बेलामा कम्युटर चलाउन पर्नेभयो ।’ अब देखि जन्म, मृत्यु, विवाह दर्ता गाविसमा कम्युटराईज्ड गर्न लागिएकोले गविस सचिवहरुलाई तालिम दिन लागिएको जिल्ला विकास समितिका सुचना अधिकृत शंकर प्रसाद गौतमले गुल्मीन्युज डट कमलाई बताए । ‘७९ वटा गाविस सचिवहरु मध्ये ७२ जना सहभागि छन्’ गौतमले भने –‘दुई तिन जना जरुरी कामले गर्दा सहभागि छैनन् अरु सवै सहभागि छन्, छुटेकाहरुलाई पनि पछि गराईन्छ ।’ विहान दिउँसोको सिफ्ट मिलाएर नियमित कार्य सम्पादनमा बाधा नपुग्ने गरी तालित सञ्चालन गरिएको गौतमले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग